कांग्रेस लोकतन्त्रको पक्ष र भ्रष्टाचारको विरुद्धमा बोल्नै नसक्ने अवस्थामा पुग्यो : अध्यक्ष ओली « Khabarhub

कांग्रेस लोकतन्त्रको पक्ष र भ्रष्टाचारको विरुद्धमा बोल्नै नसक्ने अवस्थामा पुग्यो : अध्यक्ष ओली


१२ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस लोकतन्त्रको पक्ष र भ्रष्टाचारको विरुद्धमा बोल्नै नसक्ने अवस्थामा पुगेको टिप्पणी गरेका छन् ।

शुक्रबार भक्तपुरमा एमाले जनसंगठन समन्वय संयन्त्रको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कांग्रेस पहिलो पार्टी भएर पनि सरकारको नेतृत्व गर्न नसकेको र लोकतन्त्रको पक्ष र भ्रष्टाचारको विरुद्धमा समेत बोल्न नसक्ने अवस्थामा पुगेको बताएका हुन् ।

उनले अहिले माओवादीको ढाकर बोकेर कांग्रेस लुरुलुरु हिड्नुपरेको तर्क गरे । त्यस्तै, ओलीले यसअघि पार्टी एकीकरण गरेपनि थाक्रोजस्तो भएको बताए । पार्टी एकता गरेपनि वास्तविक रुपमा एकता नभएको र तत्कालीन समयमा प्रचण्डले आफ्नो गुटको बैठक जारी राखेको उनले बताए ।

ओलीले पार्टी र सरकारमा व्यवधान भएपनि देश र जनताका लागि दृढतापूर्वक काम गरेको दाबी गरे । ओलीले एमालेसँग मुलुक बनाउने सही विचार भएकाले पुनः ठूलो पार्टीमा फर्कने दाबी गरे । उनले मौलिक राष्ट्रियधारको प्रतिनिधि एमाले भएकाले देशको अस्तीत्वका लािग पनि एमालेले हार्न नमिल्ने उल्लेख गरे ।

अध्यक्ष ओलीले विभिन्न जनसंगठनहरु पुनर्गठन भएपनि सम्मेलन नभएको भन्दै सम्मेलन नहुने कुरा कुनै हालतमा स्वीकार्य नहुने स्पष्ट पारे ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  ६ : २५ बजे

राष्ट्रपति कार्यालयमा संविधान दिवसको विशेष समारोह (तस्बिरहरु)

काठमाडौं- संविधान दिवस (राष्ट्रिय दिवस) २०८३ का अवसरमा शनिबार राष्ट्रपति

असहमतिलाई सम्मान गर्ने र आलोचनाबाट सिक्ने संस्कारले मात्र लोकतन्त्र बलियो हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले असहमतिलाई सम्मान गर्ने, आलोचनाबाट सिक्ने र

कृषि विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै

चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालयमा स्नातक तहमा अध्ययन गर्न

नेपाल पुलिस स्कुललाई रनिङ फुटबल ट्रफीको उपाधि

भक्तपुर- यस वर्षको सैनिक आवासीय महाविद्यालय अन्तरविद्यालय रनिङ फुटबल ट्रफीको

प्रधानमन्त्रीलाई प्रभु साहको सुझाव : जंगी अड्डामा होइन जनतामा फर्कनुहोस

वीरगञ्ज- आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु