एनआईसी एशिया बैंकद्वारा ‘स्मार्ट अडियो अलर्ट डिभाइस’ सार्वजनिक « Khabarhub

एनआईसी एशिया बैंकद्वारा ‘स्मार्ट अडियो अलर्ट डिभाइस’ सार्वजनिक


१२ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एनआईसी एशिया बैंकले स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक गरेको छ । ‘स्मार्ट अडियो अलर्ट डिभाइस ’बाट क्यूआर कोडमार्फत भएको भुक्तानीको जानकारी आवाजबाटै प्राप्त हुनेछ ।

यस बैंकको क्यूआर कोड भुक्तानी प्रणालीमा आबद्ध भएका मर्चेन्टहरूले आफ्ना सेवाग्राहीबाट उक्त प्रणालीमा भुक्तानी लिँदा एसएमएस वा ईमेल अलर्टको अतिरिक्त अब यो डिभाइसमार्फत आवाजबाटै भुक्तानी प्राप्त भएको पुष्टि गर्न सक्नेछन् । समयअनुसार परिष्कृत सेवा तथा सुविधाहरूका साथ लाखौं ग्राहकहरूमाझ आधुनिक बैंकिङ्गको अभ्यास गरिरहेको यस बैंकले डिजिटल बैंकिङ्गलाई थप सहज, सरल र सुरक्षित बनाउने उद्देश्यका साथ यो डिभाइसको सुरुवात गरेको हो ।

बैंकले ल्याएको यस नयाँ प्रविधिमा आधारित स्मार्ट अडियो अलर्ट डिभाइसमा रहेको क्यूआर कोडमार्फत कारोबार गरेपछि मर्चेन्ट तथा ग्राहकहरूले भुक्तानी सफल भएको सूचना तत्काल प्राप्त गर्न सक्नेछन् । बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको सहकार्यमा ल्याएको यस डिभाइसमा नेपाल पे क्यूआरबाट भुक्तानी गर्दा मौखिक जानकारी प्राप्त हुनेछ भने निकट भविष्यमा अन्य भुक्तानी नेटवर्कबाट भुक्तानी गर्दा समेत यस्तै सूचना दिने व्यवस्थाको तयारी गरिरहेको छ ।

क्यूआर कोडमा आधारित भुक्तानीको तत्काल प्रमाणीकरण गरेर हजारौं मर्चेन्टहरू तथा लाखौं ग्राहकहरू बीच डिजिटल भुक्तानीमा विश्वसनीयता कायम गर्न मद्दत गर्ने मात्र नभई समग्र डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न यो डिभाइस क्रान्तिकारी सावित हुने विश्वास बैंकले लिएको छ ।

एन आई सी एशिया बैंकको मुलुकभर ३६० शाखा कार्यालयहरू, ५४६ एटिएम, १११ वटा विस्तारित काउन्टर एवं ६५ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  ८ : २१ बजे

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

बाँके– बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकालाई जोड्न राप्ती नदीमा पुल

राहदानी विभागमा नयाँ प्रणाली सुरु : एक करोड डेटा एकसाथ सारियो

काठमाडौँ – परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले नेपालको इतिहासकै सबैभन्दा धेरै

हेटौँडामा बाढी: चालकसहित ट्रक बगायो

हेटौँडा- हेटौँडा उपमहानगरपालिका–१७ स्थित कर्रा खोलामा सोमबार बिहान आएको बाढीले

आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्तीमा प्रभातफेरी (तस्बिरहरू)

काठमाडौँ– आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा विदेशमा

चर्का भाषण गर्नेबाट देश रूपान्तरण हुन सक्दैन: महासचिव पोखरेल

काठमाडौँ – नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले चर्का भाषण