विवाहित महिलाले किन लगाउँछन् सिउँदोमा सिन्दुर ? « Khabarhub

विवाहित महिलाले किन लगाउँछन् सिउँदोमा सिन्दुर ?


११ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

हामी सबैले देखेका छौँ कि विवाहित महिलाले सिन्दुर लगाएर हिँडेको । सिन्दुरलाई महिलाहरूले आफ्नो सौभाग्य भनेर पनि लगाउने गरेको पाइन्छ । तपाईँलाई पनि महिलाले किन लगाएको होला सिन्दुर जस्तो पक्कै लाग्ला ।

सिन्दुर विवाहित महिलाहरूको लागि महत्त्वपूर्ण कुरा हो । सिउँदोमा सिन्दुर लगाउनु महिलाको विवाह भएको प्रमाण हो । सिन्दुरलाई नेपाली समाजमा दीर्घायु, खुसी र समृद्धिको प्रतीक पनि मानिन्छ । सिन्दुर लगाउनु भनेको धार्मिक मात्र नभई वैज्ञानिक दृष्टिकोणबाट पनि धेरै लाभदायक मानिन्छ ।

हाम्रोमा विवाहित महिलाले सिन्दुर लगाउने चलन सदियौँदेखि आएको चलन हो ।  महिलाको १६ शृंगारकाे व्याख्या गर्दा सिन्दुर पनि पर्छ । 

किन लगाइन्छ त सिन्दुर ? 
पौराणिक कथाअनुसार सिन्दुर लगाउने महिलाहरूले जति लामो सिन्दुरको धर्को लगाउँछन् उनीहरूको श्रीमानको आयु पनि त्यति नै लामो हुने विश्वास छ । दैनिक रुपमा सिन्दुर लगाउने महिलाको श्रीमानलाई स्वयं माता भवानी पार्वतीले सुरक्षा गर्छिन् भन्ने मान्यता छ ।

धर्मशास्त्र अनुसार सिन्दुर सधैँ नाकको सिधा माथि लगाउनुपर्दछ भनिएको छ । किनकी दायाँ बायाँ लगाउनाले पतिको भाग्य बिगार्दछ । 

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार  ६ : ३० बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन