अलपत्र परेका दुई नेपालीलाई उद्धार गरी स्वदेश पठाइयो « Khabarhub

अलपत्र परेका दुई नेपालीलाई उद्धार गरी स्वदेश पठाइयो


११ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

दोहा– गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएईले थप दुई नेपालीलाई उद्धार गरी स्वदेश फर्काएको छ । १८ महिनादेखि अलपत्र धनकुटाका कमल बहादुर घिमिरे जागिर परिवर्तन गर्ने क्रममा नयाँ कम्पनीको अफर लेटर दिएपछि पुरानो कम्पनीमा राजिनामा दिएका थिए ।

तर, पछि नयाँ कम्पनीले भिसा नदिएसम्म कम्पनी छोड्न नमिल्ने भन्दै भिसा क्यान्सिलेसन,पासपोर्ट नदिएको र ब्याकलिस्ट हालिदिएपछि अलपत्र परेका थिए । घिमिरेलाई खाना बस्न समस्या भएपछि एनआरएनए युएईका उपाध्यक्ष तथा राहत  उद्धार समिति संयोजक भीम मल्ल ठकुरी मार्फत एनआरएनएलाई निवेदन दिएका थिए ।

उक्त निवेदन पाए  लगत्तै एनआरएनए यूएईका अध्यक्ष विकाश शाहीले छलफल र अनुमति अनुसार वास्तविक पीडित पहिचान र सम्बन्धित छानबिन गरी पीडित ठहरिएकोले पासपोर्ट लस्टको पुलिस रिपोर्ट बनाई अबुधाबीस्थित नेपाली दूतावासबाट ट्राभल डकुमेन्ट जारी गरी हिमालयन एयरलाईन्सको उडानबाट नेपाल पठाइएको उपाध्यक्ष तथा राहत  उद्धार समिति संयोजक मल्ल ठकुरीले जानकारी दिए ।

यसैगरी, रोल्पा जिल्ला साबिक कटेरी गाबिस वडा न. २ हाल त्रिवेणी गाउपालिका वडा न. १ निवासी भान बहादुर घर्ती मगर विगत ११ महिना पहिले कामको सिलसिलामा युएईको दुबई ट्याक्सी कर्पोरेशन कम्पनीमा बाईक ड्राईभरमा पुगेर ३ महिना अघि काम सुरु गरेका थिए ।

काम गर्ने क्रममा बाइक चलाउँदै गर्दा सडक दुर्घटनामा परी दाईने खुट्टा भाँचिएकोले सामान्य सर्जरी भएको, तर शल्यक्रिया नै गर्नुपर्ने भएकोले थप उपचारको लागि नेपाल जान पर्ने भएको र कम्पनीले भिसाको पैसा मागेकोले तत्काल घर  फर्किन नसकेर समस्यामा परेका थिए ।

त्यसपछि साथिहरुको सहयोगमा १ हजार ८ सय दिराम कम्पनीलाई तिरेर पासपोर्ट हात त पर्‍यो तर उपचारको लागि नेपाल जान हवाई टिकटको लागि पैसा जुटाउन नसकेको र नेपालबाट मगरको वडा कार्यलयबाट सहयोग गरिदिनको एनआरएनएलाई निवेदन प्राप्त भएको थियो ।

निवेदन पछि एनआरएनएले पीडित पहिचान गर्दा उनी वास्तविक पीडित देखिएको र उनलाई पनि हवाई टिकट उपलब्ध गराई शनिबार हिमालयन एयरलाइन्सको उडान मार्फत नेपाल फर्काइएको एनआरएनए यूएईका प्रवक्ता रुद्रा थापाले जानकारी दिए ।

पीडितलाई संस्थाका उपाध्यक्ष प्रकाश थापा राहत उद्वार समिति संयोजक मल्ल ठकुरी विमानस्थलसम्म पुर्याएका थिए । गत केही हप्ता अघि पनि एनआरएनएले विभिन्न समस्या भई अलपत्र परेका तीन नेपालीलाई उद्धार गरी स्वदेश फर्काएको थियो ।

पछिल्लो समय एनआरएनए यूएईको निर्वाचनबाट नयाँ टिम निर्वाचित भएर आएसँगै राहत तथा उद्धार समितिले आपतमा परेका नेपालीहरूलाई उद्धार गरी नेपाल फर्काउने कार्यलाई तीव्रता दिएको छ ।

यूएईमा गैरकानुनी रुपमा विभिन्न दलाल मार्फत भिजिट भिसामा जाने र त्यहाँ दलालले भने अनुसारको काम र तलब नपाउने तथा कतिपय नेपालीहरू त जाने बित्तिकै विमानस्थलमै अलपत्र पर्ने गरेका छन् । एनआरएनएले अनधिकृत रुपमा यूएई नआउन र आउनै परे नेपालबाट श्रम स्वीकृति लिएर वैधानिक तरिकाले मात्रै आउन अनुरोध गरेको छ ।

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार  १ : ३२ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका