बागलुङमा आलु प्रवर्द्धन कार्यक्रमलाई प्राथमिकता « Khabarhub

बागलुङमा आलु प्रवर्द्धन कार्यक्रमलाई प्राथमिकता


११ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

गलकोट– बागलुङको उच्च भागमा पाइने आलु निकै स्वादिष्ट मानिन्छ । जिल्लाको ढोरपाटन, ताराखोला, निसीखोला, तमानखोलालगायत स्थानमा पाइने आलु जिल्लाबाहिर पनि निर्यात हुने गरेको छ । 

आलुको उत्पादन राम्रो भए पनि बजारीकरणमा समस्या हुँदा किसानले आलु कुहिने गुनासो गरिरहन्छन् । कृषि ज्ञानकेन्द्र बागलुङले यस वर्ष आलु उत्पादन बढाउन प्रवर्द्धनात्मक  कार्यक्रमलाई उच्च प्राथमिकता दिइएको जनाएको छ । 

आलुको उत्पादन बढाउन यन्त्रिकरण, बीउ, मलदेखि उत्पादनका आधारमा अनुदान दिनेगरी यस वर्ष आलु प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिएको केन्द्रका निमित्त प्रमुख कुमार पुनले जानकारी दिए । आलुको उत्पादनदेखि बजारीकरण गर्ने उद्देश्यले चालु आवमा प्रवर्द्धन कार्यक्रमका लागि मात्रै रू तीन करोड ६० लाख बजेट विनियोजन गरिएको उनले बताए । 

यस वर्ष आलुलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको बताउँदै पुनले जिल्लामा उत्पादित आलुको ब्राण्डिङ गर्न अहिलेको बजेटले सहयोग गर्ने बताए। ‘स्थानीय आलु कहिएर जाने र बाहिरका आलु बजारमा भित्रिनाले यहाँका किसान मर्कामा पर्ने गरेका छन्’, उनले भने, ‘यस वर्ष गण्डकी प्रदेश सरकारको प्राथमिकता खायन आलु परेको छ । आलु प्रवर्द्धन कार्यक्रमअन्तर्गत कृषकलाई आलुको बीउ, कृषि औजारदेखि बजारीकरणमा सहयोग पुर्‍याइनेछ ।’

रैथाने आलु र उन्नत जातको आलुको उत्पादन बढी हुने भएकाले यसपटक खायन आलुको उत्पादन बगाउनेगरी कार्यक्रम ल्याइएको पुनले बताए । उनका अनुसार यो कार्यक्रम ठूलो मात्रामा आलुको उत्पादन हुने क्षेत्रमा लागू गरिनेछ । 

कृषकलाई उन्नत जातको आलुको बीउ उपलब्ध गराउने, सिँचाइ, सामग्री उपलब्ध गराउने, आलु लगाउने प्रविधि हस्तान्तरण गर्ने योजनाका साथ गण्डकी प्रदेशले प्राथमिकतामा राखेर बजेट पठाएको पुनको भनाइ थियो । 

गण्डकी प्रदेशलाई आलुमा आत्मनिर्भर गराउने, आलुको ब्राण्ड गर्ने र पहाडी जिल्लामा खायन आलुको प्रवर्द्धन गर्ने उद्देश्य राखेर यस वर्ष आलुलाई छुट्टै बजेट विनियोजन गरेको प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री महेन्द्रध्वज जिसीले जानकारी दिए । आलु उत्पादन बढाएर बजारको सुनिश्चिततालाई सघाउन आलु उत्पादत हुने ठूलो क्षेत्रमा कार्यक्रम लागू गरिने बताउँदै उहाँले यसका लागि आवश्यक कार्यविधि निर्माणमा प्रदेश सरकार लागेको जानकारी दिए।

बागलुङ आलु उत्पादनको लागि उर्बर जिल्ला मानिन्छ । विशेष गरी बागलुङको ढोरपाटन, तमानखोला गाउँपालिका, गलकोट नगरपालिका निसीखोला गाउँपालिका र ताराखोला गाउँपालिकाको आलु निकै स्वादिष्ट मानिन्छ । साथै काठेखोला, जैमिनी र बरेङमा समेत आलुको उत्पादन हुने गरेको छ ।

यहाँ उत्पादित आलु बागलुङ बजार, पोखरा, म्याग्दी, बुटवल र काठमाडौँसम्म बिक्री हुने गरे पनि किसानले भाउ नपाएको गुनासो गर्दै आएका छन् । चक्लाबन्दी कार्यक्रमकै परिमार्जनरुपमा खायन आलुको प्रवर्द्धन कार्यक्रम आएको भन्दै एउटै प्लटमा आलु उत्पादन गर्दा सिँचाइ तथा यान्त्रिकरण गर्न सहज हुने मन्त्री जिसीले बताए । 

अघिल्लो वर्ष जिल्लामा तीन हजार छ सय ५५ हेक्टर जमिनमा आलु लगाइएको थियो । त्यसबाट ५९ हजार छ सय ५० मेट्रिकटन आलु उत्पादन भएको कृषि ज्ञानकेन्द्रले जनाएको छ । केन्द्रका अनुसार यस वर्ष आलु उत्पादन छ प्रतिशतले बढ्ने देखिएको छ । 

उत्पादित आलुमध्ये ३० प्रतिशत घर खान प्रयोग हुने र ७० प्रतिशत कृषकले बिक्री गर्ने गर्दछन् । आलुबाट कृषकलाई आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्न खायन आलु कार्यक्रमले सहज हुनेछ । आलु उत्पादनमा रैथाने र उन्नत जातको परीक्षणसमेत गरिनेछ ।

बागलुङमा स्थानीय सेतो, रातो र निलो जातको आलु प्रचलित छ । उक्त कार्यक्रममा आलुखेती विस्तारसँगै एक सय ५० हेक्टर जमिनमा आलुखेतीको प्रवर्द्धन गरिने केन्द्रका निमित्त प्रमुख पुनले जानकारी दिए । उनका अनुसार खायन आलु प्रवर्द्धनका लागि गण्डकी प्रदेश सरकारले म्याग्दी, पर्वत र बागलुङमा नयाँ कार्यक्रम ल्याएको छ । 

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार  ४ : ०५ बजे

प्रस्तावित शिक्षा ऐनका लागि विराटनगरबाट ‘शिक्षा संवाद’, सातै प्रदेशमा सञ्चालन गरिने

काठमाडौँ – प्रस्तावित नयाँ शिक्षा ऐन निर्माणअघि शिक्षा क्षेत्रका सरोकारवालासँग

‘सरकारमा पुग्दा कम्युनिस्टको शक्ति क्षयीकरण भयो’: एमाले महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका कम्युनिस्ट विद्रोह

ओलीलाई रावलको प्रश्न- नेतृत्वबारे बहस गर्नेलाई ‘अराजक’ देख्नु कुन सिद्धान्त हो ?

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्व

जाजरकोट पहिरोः एक जनाको मृत्यु, तीन जना बेपत्ता

कर्णाली – अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी

नेपालमै बन्यो विद्युतीय स्कुटर ‘यात्री पीटू’ : विश्व बजारमा प्रतिस्पर्धा गर्न अर्थमन्त्रीको सुझाव

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेका विद्युतीय सवारीको