ताजिकिस्तानमा भारी वर्षाका कारण तेह्र जनाको मृत्यु | Khabarhub Khabarhub

ताजिकिस्तानमा भारी वर्षाका कारण तेह्र जनाको मृत्यु


११ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

ताजिकिस्तान– मध्य ताजिकिस्तानमा भारी वर्षाका कारण कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

राजधानी दुशान्बेको दक्षिण र पूर्वका क्षेत्रमा आइतबार आएको आँधीबेहरीका कारण करिब एक दर्जन जिल्लामा पहिरो पहिरो गएको देशको आपतकालीन मन्त्रालयका प्रवक्ताले बताएका छन् ।

राष्ट्रपति इमोमाली रहमोनको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘भारी वर्षाका कारण हिजो प्राकृतिक विपत्ति आएको र वाहदातमा ११ र रुदाकी जिल्लामा दुई जना गरी १३ जनाको मृत्यु भएको छ ।’ प्रवक्ताले पहिरोको थप जोखिम अझै उच्च रहेको बताएका छन् ।

मध्य एसियाका पूर्व सोभियत राष्ट्रहरूमध्ये सबैभन्दा गरिबमध्येको एक ताजिकिस्तान प्राकृतिक विपत्तिको चपेटामा परेको छ । पामिर पर्वतले घेरिएको अफगानिस्तान, चीन र किर्गिजस्तानको सिमानामा रहेको ताजिकिस्तानको दक्षिणको स्वायत्त क्षेत्र माथिल्लो बदख्शानमा गत फेब्रुअरीमा पनि दर्जनौँ हिमस्खलनका कारण ठाउँठाउँमा पहिरो र चट्टान खसेका थिए ।

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार  ४ : ३० बजे

सवारी दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

बागमती – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा आज साँझ

अनलाइन जुवामा १३ करोड भारु स्वाहा !

मुम्बई – मुम्बईका एक व्यक्तिले अनलाइन जुवा छलीमा फसेपछि आफू

अनिल साहको कप्तानीमा भारत भ्रमणमा जाने क्रिकेट टोली घोषणा

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार भारत भ्रमणका लागि

सुदूरपश्चिममा डेङ्गीबाट दुई सय ८८ जना सङ्क्रमित

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा दुईसय ८८ जनामा

लोप हुँदै निगालोबाट बनेका डोकोडालो

हुम्ला – पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले निगालोको