सत्तामा रहेका व्यक्ति नै विभिन्न प्रकरणमा मुछिएकाले छानविन प्रभावकारी भएन : ओली | Khabarhub Khabarhub

सत्तामा रहेका व्यक्ति नै विभिन्न प्रकरणमा मुछिएकाले छानविन प्रभावकारी भएन : ओली


११ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तामा रहेका व्यक्तिहरू नै विभिन्न प्रकरणमा मुछिएकाले छानविन प्रभावकारी हुन नसकेको आरोप लगाएका छन् ।

सोमबार काठमाडौंमा आयोजना गरिएको जनप्रतिनिधिसँग केपी ओली कार्यक्रममा ओलीले ललिता निवास, नक्कली भुटानी, सुन तस्करी लगायतका प्रकरणमा सत्तामा रहेका व्यक्तिहरू नै विभिन्न प्रकरणमा मुछिएकाले छानविन प्रभावकारी हुन नसकेको आरोप लगाएका हुन् । उनले एउटा प्रकरणको अनुसन्धानलाई कमजोर पार्न सरकारले एकमाथि अर्को प्रकरण ल्याएको तर्क गरे ।

यती होल्डिङस, वाइडबडी, गिरीबन्धु लगायतका प्रकरणको छानविन गर्न सरकारलाई चुनौति दिँदै ओलीले उक्त प्रकरण छानविन गर्दा आफूलाई फरक नपर्ने तर सत्तामा रहेका दलका नेताहरू मुछिने बताएका छन् । सत्तामा भएकाहरूले नै सुन तस्करी गरेर ध्यान मोड्नका लागि पशुपति सुन प्रकरण निकालेको उनको भनाइ छ । उनले आफ्नो पार्टी कमिसनको पछाडि लाग्ने पार्टी नभएको र देश विकासका साथै समृद्धिमा ध्यान केन्द्रित रहेको जिकिर गरे । ओलीले तत्कालीन अवस्थामा बदनाम गर्नका लागि एमालेका ईश्वर पोखरेलमाथि पानी ट्याङ्कीमा पैसा लुकाएको आरोप लगाइएको पनि बताएका छन् ।

अध्यक्ष ओलीले नेकपालाई अदालतले विघटन गरेको सही नभएको बताएका छन् । नेकपाको सट्टा अर्को नाम दर्ता गर्न अदालतले भन्दा प्रचण्डले नमानेको उनले बताए  । त्यसपछि पनि बिभिन्न शक्ति मिलेर एमाले फुटाएको समेत उनको भनाइ छ । 

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार  ७ : ५७ बजे

आज २०८२ साल असार १७ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १७ गते मंगलबार। असार

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल