कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा हुने « Khabarhub

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा हुने


११ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


618
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जनाएको छ।

महाशाखाका अनुसार हाल कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । कोशी र बागमती प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । 

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र देशका बाँकी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती भने कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। 

कोशी, गण्डकी र बागमती प्रदेशका थोरै र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जनचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

कोशी र मधेश प्रदेशसहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका थोरै स्थान र देशका बाँकी भूभागको एकदुई स्थानमा मेघगर्जनचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

वर्षाका कारण त्यस क्षेत्रहरूबाट बहने नदीको जल सतह हल्का बढ्न सक्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा असुविधा हुनसक्ने छ । 

साथै चट्याङ्गको जोखिम रहने हुँदा सो बाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहीबार  ६ : १४ बजे

बाढी प्रभावित ग्राहकलाई विद्युत् सेवामा राहत

काठमाडौं- सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा

राष्ट्रियसभामा चाडपर्वअघि उपभोग्य वस्तुको सहज आपूर्तिको माग

 काठमाडौं- राष्ट्रियसभाका सदस्यहरूले दशैँ, तिहारलगायत ठूला चाडपर्व नजिकिँदै गर्दा खाना पकाउने

बाढीपीडितको खोजी र उद्धारमा सरकारले अहंकार देखायो : सांसद घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य वासुदेव घिमिरेले रसुवाको भोटेकोशी

पाठ्यक्रम परिमार्जनका लागि रचनात्मक सुझाव संकलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ परिमार्जनका लागि देशभरबाट

कांगेसले भन्यो- आपूर्तिमन्त्री फेरिए पनि नागरिकले महँगी घटेको अनुभूति गरेनन्, कडा अनुगमन गरौँ

काठमाडौं– नेपाली कांग्रेसका सचेतक निश्कल राईले बाढीपीडितको पुनर्स्थापनाका लागि स्पष्ट