डिप्रेसनबाट कसरी बच्ने ? | Khabarhub Khabarhub

डिप्रेसनबाट कसरी बच्ने ?

लक्षण, उपचार र बच्ने उपाय


११ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

मानव शरीरमा हुने विभिन्न रोगमध्ये डिप्रेसन एक गम्भीर रोग हो। अहिले धेरै मानिसमा डिप्रेसन हुने गरेको छ। डिप्रेसन जुनसुकै बेला र जो कोहीलाई पनि हुनसक्छ। मानिसमा नकारात्मक सोच उत्पन्न गराउने, दुखी तुल्याउने समस्या नै डिप्रेसन हो। यो पुरुषमा भन्दा महिलामा दुई गुणा बढी हुने गरेको छ। मस्तिष्कमा न्युरो टान्समिटरले सही ढंगले काम नगरेमा वा धेरै चिन्ता, तनावको कारण शरीरमा हर्मोनको मात्रामा गडबडी हुन गएमा डिप्रेसन हुन्छ। यी नै विषयमा आधारित भएर न्युरो मनोचिकित्सक डा. प्रदीप पाण्डेसँग गरिएको कुराकानीको सम्पादित अंश :

यो डिप्रेसनलाई सामान्य रूपमा हामीले कसरी बुझ्ने ?
धेरै मान्छेलाई यो रोग नै होइन भन्ने लाग्छ। दिक्क लाग्यो भने यो हुन्छ भन्ने र उपचारसम्म नजाने चलन छ। यो एउटा मनोरोग हो। यसको उपचार आवश्यक हुन्छ।

डिप्रेसन हुने कारण के के हुन् ?
यसमा जेनेटिक कारण, पारिवारिक पृष्ठभूमि परिवारका व्यक्तिले धूम्रपान सेवन गर्नुभएको छ कि छैन। परिवारको वातावरण कस्तो छ। त्यो अनुसार पनि हुन्छ। मस्तिष्कमा न्युरो टान्समिटरले सही ढंगले काम नगरेमा पनि डिप्रेसन हुनसक्छ। घटेका घटना समस्या भन्दा ठुलो बन्न सक्यो भने राम्रो हो। तर समय भन्दा ठुलो घटनाले हामीलाई पेल्यो भने हामी डिप्रेसनमा जान सक्छौँ। अनिन्द्रा, थाइरोइड, सुगर, प्रेसर, सामाजिक क्रियाकलापका कारण हुने चिन्ताले डिप्रेसनसम्म पुर्याउन सक्छ।

डिप्रेसन हुँदा र भइसकेपछि के के लक्षण देखा पर्छन् ?
डिप्रेसनको केसमा मानिस आफैले उपचार गर्नु पर्दैन भनेर भन्ने चलन छ। दिक्क लाग्दैमा डिप्रेसन भयो भन्नु हुँदैन। डिप्रेसन हुन विभिन्न अवस्था पार गरेको हुनुपर्छ। जसमा : एउटा निराशपन, कुनै पहिला गर्न मन लाग्ने र राम्रो लाग्ने काम पनि पछि राम्रो नलाग्ने हुनसक्छ। थकाई धेरै लाग्ने र निन्द्रा कहिले बढी लाग्ने कहिले कम लाग्ने हुन्छ। मनमा आत्महत्याको सोचाई आउने समस्या देखिन्छ। दुई हप्तासम्म यस्तो भयो भने बल्ल तपाईंलाई डिप्रेसन भएको हुनसक्छ। आफूलाई दुई तीन दिन भएर सन्चो भयो भने त्यो डिप्रेसन होइन। आफूलाई दुई दिनमा सन्चो भएको हुन्छ। सच्चैमा डिप्रेसन भएको मान्छेलाई पनि यो डिप्रेसन होइन। दुई दिनमा निको हुन्छ भन्नुहुन्छ। त्यसले गर्दा डिप्रेसन भएको बिरामी उपचारबाट बञ्चित हुनुभएको छ। त्यस कारण कसैले पनि आफूलाई थाहा नभएको कुरामा कसैलाई पनि सुझाव दिनु हुँदैन।

यो कुन उमेर समूहमा धेरै देखिएको छ ?
यो धेरै २० वर्षमा देखिएको छ। पहिलाको तुलनामा १४ वर्ष तिरका बालबालिकामा पनि भएको छ। तर समग्रमा २० देखि ४० वर्ष उमेर समूहका मानिसमा धेरै देखिएको छ।

उपचारको प्रक्रिया के छ ?
डिप्रेसनको उपचार दुई प्रकारले गरिन्छ। एउटा काउन्सिलिङ, जसमा त्यो के कारणले भएको छ भनेर पत्ता लगाएर उपचार गरिन्छ। माईडिप्रेसनमा काउन्सिलिङले पनि सहयोग गर्छ तर मोडरेट टु सेभर डिप्रेसन चाहिँ कति पटक बिरामीमा आत्महत्याको विचार आउने हुन्छ। त्यस्तो भएको अवस्थामा औषधिको आवश्यकता पर्छ। अहिले त हामी काउन्सिलिङ पनि गर्ने त्यसपछि के कारणले भएको हो त्यो खोज्न थाल्छौं। युवा पुस्तामा यो समस्या देखिए गर्लफ्रेन्ड ब्रेक अप भएको हो कि, बाबाआमासँग झगडा परेको हो कि, पढाइमा फेल भएको हो कि त्यसको लागि काउन्सिलिङ गर्नुपर्छ। तर जुनकुनै लक्षणहरू छन्। त्यो लक्षणबाट राम्रो महसुस गर्नलाई औषधि चलाउनुपर्ने हुन्छ। त्यस कारणले गर्दा औषधिसँगै काउन्सिलिङ उपचारको राम्रो विकल्प हुनसक्छ।

सामान्य हो भनेर घरमा नै बस्दा पछि कस्तो असर पर्दछ ?
डिप्रेसनको समयमा उपचार गरिएन भने पछिल्लो समयमा आत्महत्याको महसुससम्म हुनसक्छ। त्यसैले सामान्य हो भनेर घरमा बस्दा सामान्यबाट बढ्दै जाँदा आत्महत्यासम्म पुग्छ। सुरुमा नै व्यवस्थापन गर्न सक्यौँ। तनावको अवस्थामा नै त्यसलाई बुझ्न सक्यौँ भने वा परिवारको सदस्यको भावना बुझेर सुरुमा नै पहिचान गर्न सकियो भने त डाक्टरकोमा जानुसमेत पर्दैन। औषधि खानु नै पर्दैन। सुरुमा नै जे कारणले तनाव भएको हो त्यसलाई नै व्यवस्थापन गर्न सकियो भने डराउनु पर्ने अवस्था हुँदैन।

हामीले तनावलाई चाहिँ कसरी व्यवस्थापन गर्ने ?
सबै भन्दा पहिला मलाई तनाव छ भनेर थाहा पाउनुपर्यो। मेरो स्वास्थ्य अवस्था पहिलाको जस्तो छैन। विस्तारै मनको स्थिति बलियो छैन भने अब मैले यसलाई विस्तारै व्यवस्थापन गर्नुपर्छ भनेर भन्ने कुराको बुझाइ सबै भन्दा महत्त्वपूर्ण बुझाइ हो। त्यसपछि यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ ? व्यायाम गरेर हुन्छ कि, जिम जाने, योगा गर्ने गर्दा तनावका जति पनि हर्मनहरु हुन्छन् त्यो निष्क्रिय हुन्छन्। अर्को, रक्सी ,गाँजाको सेवन नगर्ने, समयमा सुत्ने र समयमा नै उठ्ने गर्नुपर्छ। मिडिया मोबाइलमा धेरै समय बिताउनु हुँदैन। अर्को तनाव भयो भने मैले कसरी कम गर्छु त्यो कुरामा ध्यान दिनुपर्छ। कोही तनाव हुँदा रक्सी खान्छन्। कोही बाइक स्पिडमा कुदाउँछन्। कोही ढोकामा चुकुल लगाएर बस्छन्। कोही बाहिर हिँड्छन्, कोही पिक्चर बनाउँछन्। यसमा केही राम्रा पक्ष छन् र केही नराम्रा छन्। तर यसमा सकारात्मक सोच हुनुपर्यो। समस्या आए पनि सबै भन्दा पहिला सेयर गर्नुपर्यो। घरपरिवारका सदस्य साथीभाइलाई सेयर गर्दा मनलाई हल्का महसुस हुन्छ। त्यसैले सेयर भनेको तनाव व्यवस्थापनको पहिलो स्टेप हो भनेर भन्न सकिन्छ।

यो अवस्थामा घर परिवार र साथीभाइको कस्तो भूमिका रहन्छ ?
हामीलाई जानकारी नभएको कुरालाई पनि जानेको छ जसरी अरूलाई भन्दा नजिकको मान्छे विश्वस्त हुन्छ। तर पछि उसलाई असर गर्छ। त्यसैले उहाँहरूलाई अस्पताल जान सुझाव दिने, यसको उपचार गर्यो भने समयमा नै पुरा उपचार हुन्छ। अस्पताल पुगेर चिकित्सकको सल्लाह दिनु नै पहिलो उपचार हो भनेर बुझ्नुपर्छ।

डिप्रेसनको समस्या नहोस् भनेर हामीले केके कुरामा ध्यान दिने ?
डिप्रेसनको समस्या नहोस् भनेर हामीले पहिला आफ्नो इमोसन कस्तो छ त्यो पत्ता लगाउनुपर्छ। आफ्नो हरेक दिन गरेको महसुसहरू कस्तो छ। त्यो थाहा पाउने नम्बर दिएर हेर्ने हो। आज म कस्तो महसुस गरिरहेको छु भनेर थाहा पाउनुपर्छ। यसका साथै नियमित रूपमा व्यायाम गर्ने, खाना उचित रूपमा खाने, पर्याप्त मात्रामा सुत्ने, धेरै मोबाइल फोनको प्रयोग नगर्ने, परिवारसँग बसेर सबै कुराहरू सेयर गर्ने गर्नुपर्छ। यसले मनलाई शान्त बनाउँछ। सकारात्मक सोच राख्ने र सकारात्मक कुराहरू भिडियोहरू हेर्ने गर्नुपर्छ। हामीले शारीरिक स्वास्थ्यलाई मात्र नहेरी यो शारीरीक स्वास्थ्य, मानसिक स्वास्थ. सामाजिक स्वास्थ्य भयो भने मान्छे मानसिक रूपमा स्वास्थ्य हुन्छ। सामाजिक क्रियाकलापमा घुलमिल हुने गर्दा पनि यो समस्या कम हुन्छ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहीबार  ७ : १२ बजे

बङ्गलादेश र पाकिस्तानका नेताहरू सम्बन्ध बढाउन सहमत

कायरो । बङ्गलादेशका अन्तरिम नेता मुहम्मद युनुसले बिहीबार पाकिस्तानसँग ‘सम्बन्ध

एक सय ३२ जना महिला र बालबालिकाको उद्धार

पर्सा – माइती नेपाल शाखा कार्यालय वीरगञ्जले सन् २०२४ वीरगञ्ज

डीपी अर्यालको टिप्पणी : रवि लामिछानेको जीवनमा दुईवटा पाटा छन्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याल (डीपी)

आजका समाचार : ‘जनयुद्ध’ शब्द प्रयोग गर्न नपाइने, सुदूरपश्चिम र जनकपुरबीच उपाधि भिडन्त र नयाँ विकल्पमा सिरिया

‘जनयुद्ध’ शब्द प्रयोग नगर्न सरकारलाई सर्वोच्चको आदेश सर्वोच्च अदालतले सरकारी

‘सरुवा र बढुवामा हुने मनपरी रोक्ने ऐन बनाउन आवश्यक’

काठमाडौं – प्रतिनिधिसभाका सदस्यहरूले निजामती कर्मचारीको मनपरी रूपमा हुने सरुवा