ट्राफिक प्रहरीद्वारा सवारी चालकलाई प्रशिक्षण « Khabarhub

ट्राफिक प्रहरीद्वारा सवारी चालकलाई प्रशिक्षण


११ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ट्राफिक प्रहरीले आसन्न चाडपर्वमा हुनसक्ने सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्न दुई सय ३५ चालक तथा सहचालकलाई प्रशिक्षण दिएको छ ।

ट्राफिक प्रहरी वृत्त नयाँबसपार्क, सामुदायिक प्रहरी केन्द्र गोँगबुको आयोजना तथा लोत्से बहुउद्देश्यीय प्रालिको सहयोगमा ट्राफिक व्यवस्थापनसम्बन्धी प्रशिक्षण दिइएको हो ।

नयाँबसापार्क भित्र बुधबार भएको प्रशिक्षणमा चाडपर्वमा यात्रुलाई सुरक्षित गन्तव्यस्थलसम्म कसरी सहजै लैजान सकिन्छ भन्नेबारेमा प्रशिक्षण प्रदान गरिएको ट्राफिक वृत्त नयाँबसपार्कका प्रमुख, प्रहरी निरीक्षक राजु भण्डारीले जानकारी दिए ।

यस्तै, चाडपर्वमा बढी भाडा लिँदा गरिने कारबाही, मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउँदा हुने दुर्घटनालगायतको बारेमा समेत अवगत गराइएको थियो ।

मुलुकको राष्ट्रिय बसपार्कका रुपमा रहेको नयाँबसपार्कबाट दैनिक छ सय सवारी साधन देशका ६५ भन्दा बढी जिल्लामा ओहोरदोहोर गर्दै आएका छन् ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहीबार  ९ : ३७ बजे

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु, रूद्रसिंह सचिवमा बढुवा

काठमाडौं- सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठलाई

फिलिपिन्सको विद्यालयमा गोली चल्दा दुई विद्यार्थीको मृत्यु

मनिला- दक्षिणी फिलिपिन्सको एक विद्यालयमा शुक्रबार एक विद्यार्थीले गोली चलाउँदा दुई

काठमाडौंको जडीबुटीमा ट्याङ्करको ठक्करबाट कांग्रेस महाधिवेशन प्रतिनिधिको मृत्यु

काठमाडौं– काठमाडौंको जडीबुटी चोकमा मोटरसाइकललाई ट्यांकरले ठक्कर दिँदा नेपाली कांग्रेसकी

कृषि तथा पशुपन्छी बिमामा ८० प्रतिशतसम्म प्रिमियम अनुदान

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले विपद्बाट कृषि क्षेत्रमा