इमानदार शिक्षकले भोग्ने पीडालाई देखाएका छौँ : अभिनेता सापकोटा « Khabarhub

इमानदार शिक्षकले भोग्ने पीडालाई देखाएका छौँ : अभिनेता सापकोटा


११ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली चलचित्रमा केही समय यता कथाको शैलीमा परिवर्तन आएको छ । कथाको आकर्षणले अभिनेतालाई चरित्र निर्वाह गर्न बाध्य बनाउने अभिनेता भोलाराज सापकोटाले बताएका छन् । उनले चलचित्र ‘कौसीद’ को भूमिका सुनेपछि काम गर्न सहमत भएको बताए । चलचित्रमा इमानदार शिक्षकले भोग्ने पीडा देखाइएको उनले बताए।

भारतमा ‘वर्फी’ चलचित्रमा काम गरेपछि चर्चामा आउनु भएका अभिनेता सापकोटा नेपाली चलचित्र र रङ्गमञ्चको स्थापित नाम हो । ‘मैले नेपाली रङ्गमञ्चमा काम नगरेको होइन, तर बलिउडको प्रभाव बढी भएकाले अभिनेता रणवीर कपूरका साथी भनेर चिनारी पाएको छु । नेपाली नाटक प्रेमीले मलाई विभिन्न नाटकका पात्रको रुपमा चिन्नुहुन्छ’, अभिनेता सापकोटाले भने, ‘रङ्गमञ्चमा सिकिएका कुरा चलचित्रमा प्रयोग गर्न नपाउँदा कहिलेकाहीँ खल्लो लाग्छ । त्यस समयमा निर्देशकको कलाकार भइदिन्छु ।’

केही चलचित्रमा आफ्नो पात्रलाई निर्माण गर्न नपाउँदा निर्देशकका अनुसार काम गरेको उनले बताए । अभिनेता सापकोटाले भने, ‘मैले देखेका थुप्रै शिक्षकमार्फत प्रभावित भएर कौसीदको पात्र बन्न तयार भएको हुँ ।’ चलचित्रमा उनले इमानदार शिक्षकको भूमिका निर्वाह गरेका छन् ।

श्रीमती र आफन्तको अनुरोधमा बैंकबाट ऋण लिएर घर निर्माण गरेपछि अचानक बढ्ने ब्याजदरले निम्त्याउने समस्या चलचित्रमा देखाइएको छ । उनले इमानदार भएर सामना गर्नुपर्ने कठिनाइलाई चलचित्रमा देखाइएको बताए । 

चलचित्रको कथासार मन परेपछि चरित्र निर्माणमा उनी स्वयम् खटिएका थिए । ‘प्राय निर्देशकले नै पात्रलाई तयार गर्नुहुन्छ । मसँग केही उदाहरण भएकाले मैले प्रयोग गर्ने अनुमति मागे र पाए पनि । यस्ता चलचित्रले अप्ठ्यारो स्थितिमा पनि संयमता गुमाउनु हुँदैन भन्ने सन्देश दिन्छ । यो हाम्रै समाजमा घटिरहने एउटा कथा हो’, अभिनेता सापकोटाले भने ।

कुमार भास्करले निर्देशन गर्नुभएको चलचित्रमा अभिनेता सापकोटासँगै ऋचा शर्मा, रुपेश दाहाल, परीक्षित विक्रम राणा, सदीक्षा गौतम, निर्भिक भट्टराई, सागर भट्टराई, सन्दिप लोहनीलगायत कलाकारले अभिनय गरेका छन् । 

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहीबार  १२ : ५२ बजे

काठमाडौँ–तराईरमधेस दू्रतमार्ग : ४५ प्रतिशत प्रगति

लेनडाँडा– देशको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकताप्राप्त काठमाडौँ–तराईरमधेस दू्रतमार्ग (फाष्ट

सम्भावित डुबान र कटान जोखिम कम गर्न बक्स कल्भर्ट निर्माण गर्दै कामपा

काठमाडौं– काठमाडौँ महानगरपालिकाले बर्खाको समयमा हुने सम्भावित डुबान र कटानको

नेपालीलाई दूतावासको चेतावनी- ट्रम्प नीतिमा सचेत नभए भिसा र ग्रिनकार्ड रद्ध हुन्छ

काठमाडौं – अमेरिकामा विभन्न तरिकाले बसोबास गर्दै आएका नेपालीहरूले अमेरिकाको

उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने

काठमाडौं– हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा

शहीदका सपना पूरा गर्न उनीहरूले देखाएको बाटोमा हिँडौँ : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शहीदका सपना पूरा गर्ने