सूचनाको हकलाई बलियो बनाउनुपर्नेमा सभामुख घिमिरेको जोड  | Khabarhub Khabarhub

सूचनाको हकलाई बलियो बनाउनुपर्नेमा सभामुख घिमिरेको जोड 


११ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सूचनाको हक प्रजातन्त्रको अभिन्न अंग रहेकाले यसलाई बलियो बनाउँदै लैजानुपर्नेमा जोड दिएका छन् ।

सूचनाको हकका लागि राष्ट्रिय महाससंघले बिहीबार काठमाडौंमा आयोजना गरेको प्रथम राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै सभामुख घिमिरेले सार्वजनिक निकायलाई जनउत्तरदायि बनाउनका लागि सूचनाको हक महत्वपूर्ण र प्रजातन्त्रको अभिन्न अंग पनि रहेकाले यसलाई बलियो बनाउनै लैजानुपर्नेमा जोड दिएका हुन् ।

 संविधानले व्यवस्था गरेको कुराहरूलाई कानूनी रूप दिनुपर्ने धेरै काम बाँकी रहेको अवस्थामा कानूनमा रहेका व्यवस्थालाई पनि सदुपयोग गराउन सूचनाको हक महत्वपूर्ण रहेको उनले बताए । त्यस्तै सभामुख घिमिरेले मुलुकलाई उन्नतिको दिशातर्फ उन्मुख गराउन सार्वजनिक निकायहरूले पारदर्शी ढंगले काम गर्नका लागि सूचनाको हकले प्रेरित गरेको जिकिर गरे ।

कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले सुशासनमा सूचनाको हकको महत्वपूर्ण भूमिका हुने भएकाले नागरिकलाई सुचना दिनुपर्छ भन्ने सोच राज्य पक्षमा अझै बलियो हुन आवश्यक रहेको बताए । सो अवसरमा सूचना यात्रा पुस्तक विमोचन गरिएको थियो । 

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहीबार  ४ : ०१ बजे

इलाम २ : सुहाङको फराकिलो अग्रता, मिलनलाई जमानत जोगाउन सकस

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

दिल्लीविरुद्ध कोलकत्ताको सानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल)मा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट

इलाम २ : डकेन्द्रले कटाए १० हजार मत, सुहाङको अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

सकियो लगानी सम्मेलन, निजी क्षेत्रले १० अर्बको प्रतिबद्धता जुटाउँदा सरकार शून्यमा !

काठमाडौं – सरकार र निजी क्षेत्रले आयोजना गरेको ‘उदयीमान नेपाल

श्रमिकको अवस्था सन्तोषजनक छैन : मन्त्री अर्याल

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले