सूचनाको हकलाई बलियो बनाउनुपर्नेमा सभामुख घिमिरेको जोड  « Khabarhub

सूचनाको हकलाई बलियो बनाउनुपर्नेमा सभामुख घिमिरेको जोड 


११ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सूचनाको हक प्रजातन्त्रको अभिन्न अंग रहेकाले यसलाई बलियो बनाउँदै लैजानुपर्नेमा जोड दिएका छन् ।

सूचनाको हकका लागि राष्ट्रिय महाससंघले बिहीबार काठमाडौंमा आयोजना गरेको प्रथम राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै सभामुख घिमिरेले सार्वजनिक निकायलाई जनउत्तरदायि बनाउनका लागि सूचनाको हक महत्वपूर्ण र प्रजातन्त्रको अभिन्न अंग पनि रहेकाले यसलाई बलियो बनाउनै लैजानुपर्नेमा जोड दिएका हुन् ।

 संविधानले व्यवस्था गरेको कुराहरूलाई कानूनी रूप दिनुपर्ने धेरै काम बाँकी रहेको अवस्थामा कानूनमा रहेका व्यवस्थालाई पनि सदुपयोग गराउन सूचनाको हक महत्वपूर्ण रहेको उनले बताए । त्यस्तै सभामुख घिमिरेले मुलुकलाई उन्नतिको दिशातर्फ उन्मुख गराउन सार्वजनिक निकायहरूले पारदर्शी ढंगले काम गर्नका लागि सूचनाको हकले प्रेरित गरेको जिकिर गरे ।

कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले सुशासनमा सूचनाको हकको महत्वपूर्ण भूमिका हुने भएकाले नागरिकलाई सुचना दिनुपर्छ भन्ने सोच राज्य पक्षमा अझै बलियो हुन आवश्यक रहेको बताए । सो अवसरमा सूचना यात्रा पुस्तक विमोचन गरिएको थियो । 

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहीबार  ४ : ०१ बजे

रसुवा बाढी : मृतकको संख्या ६२६ पुग्यो

काठमाडौं – रसुवा बाढीमा परी ज्यान गुमाउनेको संख्या ६२६ पुगेको छ। नेपाल

बाढीपीडितका लागि त्रिवि र पोखरा विश्वविद्यालयका कर्मचारीको तलबबाट सहयोग

काठमाडौं – प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि त्रिभुवन

दर कार्यक्रमका लागि जुटाइएको रकम बाढी पीडितलाई सहयोग

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिकाका छन्त्याल महिलाहरूले तीज पर्वको अवसरमा दरखाने

डीएनए विश्लेषणदेखि शव व्यवस्थापनमा विदेशी सहयोग माग्दै सरकार

काठमाडौं- सुरुङमा फसेका व्यक्तिको खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारले मित्रराष्ट्रहरूसँग

बाढीपीडितलाई एक्सपर्ट फाउन्डेशनको २० लाख सहयोग

काठमाडौं- रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार,