पाठेघरको मुखको क्यान्सरबारे सचेतना कार्यक्रम सम्पन्न « Khabarhub

पाठेघरको मुखको क्यान्सरबारे सचेतना कार्यक्रम सम्पन्न


११ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाठेघरको मुखको क्यान्सरबारे जनचेतना अभिवृद्धि गराउने उद्देश्यले ग्राण्डी इनटरनेशनल हस्पिटलमा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

 आज काठमाडौंका विभिन्न विद्यालयका कक्षा १० देखि १२ मा अध्ययनरत किशोरीहरूलाई अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा पद्मराज पन्तले पाठेघरको मुखमा हुने क्यान्सरको प्रारम्भिक निदानका महत्वबारे बताएका थिए । 

डा. पन्तले महिलाहरूको पाठेघरको परिक्षण गर्दा १ सय जनामा ५ जनामा पाठेघरको मुखको क्यान्सर देखिएकोले रोक्न र उपचार गर्नको लागि ग्राण्डी अस्पतालले विभिन्न स्कुल कलेज तथा स्थानीय निकायहरूसंग समन्वय गर्दै जनचेतना अभिवृद्धि गर्ने कुरामा अघि बढ्ने बताए ।

समयमै पाठेघरको मुखको क्यान्सर थाहा पाए उपचार गर्न सकिन्छ र यसको जानकारी भए रोकथाम समेत गर्न सकिन्छ भन्ने जानकारी आवश्यक भएको बताए । गाउँ देखि सहर सम्म जनचेतना जगाउनु आवश्यक रहेको र बिकसित देशमा भन्दा अल्पविकसित देशमा यो रोग बढ्दै गएको डाक्टर पन्तको भनाई छ  ।

उनले पाठेघरको क्यान्सर पत्ता लगाउन महगों नभएको र कम खर्चमा गर्न सकिने भएकोले मुख्य कुरा सबैलाई चेतना फैलाउनु आवश्यक रहेको बताए ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहीबार  ५ : ०७ बजे

विश्वकप लिग- २ : आज नेपाल र ओमान खेल्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा आज नेपालले ओमानसँग प्रतिस्पर्धा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण