कुकुर-बिरालोलाई रेबिजविरुद्धको खोप « Khabarhub

कुकुर-बिरालोलाई रेबिजविरुद्धको खोप


११ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

फुङ्लिङ– विश्वमै दुर्लभ वन्यजन्तुको सूचीमा रहेको रेडपान्डा संरक्षण गर्न ताप्लेजुङमा कुकुर र बिरलालाई रेबिजविरुद्धको खोप लगाएका छन् । कुकुर र बिरालोको आक्रमणका कारण दुर्लभ रेडपान्डाको अस्तित्व थप संकटमा पर्दै गएपछि हिमाली संरक्षण मञ्च ताप्लेजुङले कुकुर नियन्त्रण गर्नका लागि खोप, भिटामिन र बन्ध्याकरण अभियान प्रत्येक वर्ष सञ्चालन गर्दै आएको छ ।

रेडपाण्डा बासस्थान नजिकै रहेको बस्तीमा रहेका कुकुरको आक्रमणबाट रेडपान्डा असुरक्षित बन्दै गएको पाइएपछि कुकुर र बिरालोलाई रेबिजविरुद्धको खोप, भिटामिन र बन्ध्याकरण अभियान थालिएको हिमाली संरक्षण मञ्चले जनाएको छ । रेडपान्डा पाइने क्षेत्र वा बासस्थान नजिकका गाउँघरमा रहेका घरपालुवा तथा सामुदायिक कुकुरबाट रेडपान्डामाथि आक्रमण हुने गरेको छ ।

रेडपान्डाको संरक्षणमा क्रियाशील संस्थाहरू रेडपान्डा नेटवर्कको आर्थिक सहयोगमा हिमाली संरक्षण मञ्चले कुकुरको बन्ध्याकरण अभियान विगतदेखि नै गर्दै आएको हिमाली संरक्षण मञ्चका सचिव विवश केदेमले बताए। 

रेडपान्डाको संरक्षण गर्नलाई कुकुर नियन्त्रण गर्न आवश्यक देखिएपछि स्थानीय तहसँग समन्वय गरेर विगत छ वर्षअघिदेखि नै बन्ध्याकरण अभियान थालेको हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताए। रेडपान्डा नेटवर्कको आर्थिक सहयोगमा सुरु गरिएको अभियानअन्तर्गत हालसम्म करिब ८५ वटा कुकुरको बन्ध्याकरण गरिएको राईले बताए ।

बन्ध्याकरणसँगै कुकुरलाई रेबिजविरुद्ध खोप र भिटामिन पनि खुवाउन थालिएको छ । कुकुरलाई दिइने खोप र भिटामिनले पनि रेडपान्डा संरक्षणमा सघाउ पुग्ने मञ्चले जनाएको छ । कार्यक्रम संयोजक राईका अनुसार कुकुरको शरीर स्वस्थ भई मोटाउने र भद्दा हुने भएपछि सिकार गर्न नरुचाउने हुँदा रेडपान्डा संरक्षणमा सहयोग पुग्नेछ । रेडपान्डा पाइने नजिक क्षेत्रका गाउँमा रहेका कुकुर र बिरालोसमेतलाई रेबिजविरुद्धको खोप लगाउनका साथै भिटामिन खुवाउन थालिएको राईले बताए।

राईका अनुसार गत सातामात्र पाथीभरा याङ्वरक गाउँपालिका–२ थेचम्बु २० र ३ तिरिङ्गेमा ६८, सिरिजङ्गा गाउँपालिका–३ सिकैँचागाउँमा एक सय ११ कुकुरलाई रेबिजविरुद्धको खोप लगाएको छ । फुङ्लिङ नगरपालिका–९ बुङकुलुङ गाउँमा ५१, वडा नं १० फुरुम्बो एक सय १३ र वडा नं ११ फावाखोलामा ७१ वटा कुकुरलाई खोप र भिटामिन दिएको मञ्चले जनाएको छ ।

गत साता सम्पन्न भएको अभियानमा मात्र चार सय १४ वटा कुकुर ३७ वटा बिरालोलाई रेबिजविरुद्ध खोप र भिटामिन उपलब्ध गराइएको छ । उक्त क्षेत्रमा केही बिरालोलाई पनि रेबिजविरुद्ध खोप लगाएको र भिटामिन खुवाएको मञ्चले जनाएको छ । राईका अनुसार रेबिजविरुद्ध खोप लगाएको र भिटामिन खुवाएका अधिकांश कुकुर घरपालुवा छन् भने केही सामुदायिक कुकुर छन् । 

गत वर्ष चार सय १४ वटा कुकुर, १९ वटा बिरालोलाई रेबिजविरुद्ध खोप र भिटामिन उपलब्ध गराइएको थियो । हिमाली मञ्चले संकलन गरेको तथ्यांकनुसार ताप्लेजुङमा करिब एक सय ३४ रेडपान्डा रहेको अनुमान छ ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहीबार  ६ : १४ बजे

नारायणी अस्पतालमा क्याथ ल्याब जडानको काम अन्तिम चरणमा

काठमाडौं– नारायणी अस्पताल वीरगञ्जमा २०७६ चैतमा खरिद गरिएको तर हालसम्म

विश्वकपबाट बाहिरिएपछि इजिप्टको फिफासमक्ष उजुरी, रेफ्री टोलीमाथि छानबिनको माग

अटलान्टा– अर्जेन्टिनासँग पराजित हुँदै विश्वकप फुटबल २०२६ को अन्तिम १६

अर्जेन्टाइन राष्ट्रपति ट्रम्प समर्थक भएकैले रेफ्रीले ‘फेभर’ गरेको चर्चा सुरु

काठमाडौं- विश्वकपको राउन्ड अफ १६ को खेलमा अर्जेन्टिनासँग ३-२ ले

एआईको तीव्र विस्तारसँगै अमूर्त लगानीमा नयाँ कीर्तिमान, विश्वव्यापी लगानी एक हजार खर्ब डलर नाघ्यो

काठमाडौं- कृत्रिम बौद्धिकता (एआई) को तीव्र विस्तारसँगै सन् २०२५ मा सफ्टवेयर,

अर्जेन्टिनाले फिफासँग कुन कोठामा, कति करोडको ‘सेटिङ’ गर्‍यो ? रेफ्री कतिमा बिके ?

काठमाडौं- नेपालका परमपूज्य सर्वज्ञानी फुटबल पण्डितहरूका नाममा एकमुष्ट र निःशुल्क