सुदूरपश्चिम विश्वविद्यालयमा लगाइएको ताला खुल्यो | Khabarhub Khabarhub

सुदूरपश्चिम विश्वविद्यालयमा लगाइएको ताला खुल्यो


११ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – कञ्चनपुरमा रहेको सुदूरपश्चिम विश्वविद्यालयमा लागाइएको ताला अढाई महिनापछि खुलेको छ। समाजवादी विद्यार्थी संगठनले विभिन्न माग राख्दै सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरिएको थियो।

विश्वविद्यालय प्रशासन र समाजवादी विद्यार्थी संगठनबीच सहमति भएपछि बिहीवार ताला खुलेको हो। विश्वविद्यालय प्रशासन र विद्यार्थी संगठन अनेरास्ववियूबीच विश्वविद्यालयका शिक्षकको नियुक्ति विश्वविद्यालयको ऐन नियम बमोजिम गर्ने, विश्वविद्यालयको ऐन बमोजिम समायोजन गर्ने र गत भदौमा परिक्षा नियन्त्रक कार्यालयमा भएको तोडफोडपछि अनेरास्ववियूका नेतालाई लगाएको मुद्धा फिर्ता लिने सहमति भएको अनेरास्ववियूका जिल्ला संयोजक रमेश पन्तले बताए।

केन्द्रीय कार्यालयमा साउन १ गते नेकपा एमाले निकट अनेरास्ववियू र राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रीक विद्यार्थी संगठनसँग सहमति भएपछि उनीहरुले ताला यस अघिनै खोलेका थिए। तर नेकपा एकिकृत समाजवादी निकट विद्यार्थी संगठनको भने ताला खुल्न सकेको थिएन।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहीबार  ८ : २२ बजे

धनगढीमा विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ

कैलाली– विश्वकर्मा पूजा आउन करिब एक महिना बाँकी रहँदा यहाँ

रञ्जिता आफैं बनिन् नागरिक उन्मुक्ति दलको नेता

काठमाडौं- नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी आफैं संसदीय

भारत–चीन द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल

एजेन्सी – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका विदेशमन्त्री वाङ

बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन)विधेयक, २०८२ माथि विचार

घट्यो नेप्से, कारोबार ५ अर्ब २० करोडमा सीमित

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार घटेको छ । नेप्सेमा