सुदूरपश्चिम विश्वविद्यालयमा लगाइएको ताला खुल्यो « Khabarhub

सुदूरपश्चिम विश्वविद्यालयमा लगाइएको ताला खुल्यो


११ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – कञ्चनपुरमा रहेको सुदूरपश्चिम विश्वविद्यालयमा लागाइएको ताला अढाई महिनापछि खुलेको छ। समाजवादी विद्यार्थी संगठनले विभिन्न माग राख्दै सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरिएको थियो।

विश्वविद्यालय प्रशासन र समाजवादी विद्यार्थी संगठनबीच सहमति भएपछि बिहीवार ताला खुलेको हो। विश्वविद्यालय प्रशासन र विद्यार्थी संगठन अनेरास्ववियूबीच विश्वविद्यालयका शिक्षकको नियुक्ति विश्वविद्यालयको ऐन नियम बमोजिम गर्ने, विश्वविद्यालयको ऐन बमोजिम समायोजन गर्ने र गत भदौमा परिक्षा नियन्त्रक कार्यालयमा भएको तोडफोडपछि अनेरास्ववियूका नेतालाई लगाएको मुद्धा फिर्ता लिने सहमति भएको अनेरास्ववियूका जिल्ला संयोजक रमेश पन्तले बताए।

केन्द्रीय कार्यालयमा साउन १ गते नेकपा एमाले निकट अनेरास्ववियू र राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रीक विद्यार्थी संगठनसँग सहमति भएपछि उनीहरुले ताला यस अघिनै खोलेका थिए। तर नेकपा एकिकृत समाजवादी निकट विद्यार्थी संगठनको भने ताला खुल्न सकेको थिएन।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहीबार  ८ : २२ बजे

निरन्तरको खोजीपछि चिलिमेको सुरुङभित्र भेटिए चार शव

काठमाडौं–  नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले निरन्तर खोजी तथा

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले

महासभामा नेपालले जलवायु परिवर्तनको मुद्दा सशक्त रूपमा राख्नुपर्छ : सांसद रेग्मी 

काठमाडौं– रास्वपा सांसद धनन्जय रेग्मीले राष्ट्रसंघको महासभामा नेपालले जलवायु परिवर्तनको

एआई विकास सुस्त बनाउनुपर्ने बहसबीच जुकरबर्गको प्रतिवाद

एजेन्सी– मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले कृत्रिम बौद्धिकता