एमाले बागमतीमा मतदान भोलिसम्मका लागि सारियो | Khabarhub Khabarhub

एमाले बागमतीमा मतदान भोलिसम्मका लागि सारियो


११ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमाले बागमती प्रदेशको नेतृत्व चयनका लागि हुने मतदानको समय पुनः सारिएको छ। उम्मेदवारी दर्तापछि पनि सहमतिको प्रयास जारी रहँदा पटक पटक मतदानको समय सारिएको हो।

आजै साँझ ८ बजेपछि मतदान हुने बताएको एमाले बागमती प्रदेशले मतदानको समय भोलि बिहान ८ बजेको लागि तोकेको छ। मतदान पार्टी कार्यालय च्यासलमा हुनेछ।

त्यसअघि आज साँझसम्म उम्मेदवारी फिर्ता र सर्वसम्मत नेतृत्व चयनको प्रयास जारी रहने एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले जानकारी दिए। आज साँझ ८ बजेसम्म सहमति नभए ९ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ।

यसअघि आज बिहान ८ बजे,११ बजे र दिउँसो १ बजेबाट मतदान सुरु गर्ने भनिए पनि सर्दै आएको छ।

आन्तरिक छलफलपछि प्रदेश अध्यक्षका उम्मेदवार केशवराज पाण्डेले आज आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन्। उनले अर्का प्रत्यासी कैलास ढुंगेललाई समर्थन गर्ने घोषणा गरेका छन्। अब नेतृत्वका लागि चारजना प्रतिस्पर्धामा छन्। उनीहरूबीच पनि सहमतिको प्रयास जारी रहेको छ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहीबार  ८ : ३८ बजे

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार ७ गते शनिबार। असार

आज २०८२ साल असार ७ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ७ गते शनिबार। असार

नेपाललाई हराउँदै स्कटल्याण्डले जित्यो टी–२०आई सिरिजको उपाधि

काठमाडौं – नेपाललाई हराउँदै स्कटल्याण्डले त्रिकोणात्मक टी–२० सिरिजको उपाधि जितेको

सङ्घीय निजामती विधेयक असारभित्रै आउने

रौतहट – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सङ्घीय

बनेपा नगरको बजेट रु एक अर्ब २४ करोड ६५ लाख

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा आगामी आर्थिक वर्ष २०८२/८३ का