प्रधानसेनापति शर्मा स्वदेश फिर्ता « Khabarhub

प्रधानसेनापति शर्मा स्वदेश फिर्ता


११ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानसेनापति प्रभुराम शर्मा पाँच दिवसीय भारत भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी सरोजप्रताप राणाले स्वागत गरे ।

नयाँ दिल्लीमा भारतीय सेना र अमेरिकी सेनाको संयुक्त आयोजनामा सम्पन्न तेह्रौँ संस्करणको इण्डो–प्यासिफिक सेना प्रमुख सम्मेलनलगायत कार्यक्रममा भाग लिने सिलसिलामा असोज ७ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।

असोज ८ देखि १० गतेसम्म इण्डो–प्यासिफिक क्षेत्रमा शान्ति र स्थायित्व कायम गर्न ‘शान्तिका लागि सँगै’ भन्ने विषयवस्तु प्रस्तुत उक्त सम्मेलनमा ३० देशका सैनिक कमाण्डर तथा सैनिक अधिकारीको सहभागिता थियो ।

नयाँ दिल्लीमा रहँदा प्रधानसेनापतिले अष्ट्रेलिया, बङ्गलादेश, जापान, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत र भारतका समकक्षीहरूका साथै भारतका चिफ अफ डिफेन्स स्टाफसँग बेग्ला–बेग्लै भेटघाट गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रधानसेनापति शर्माले नयाँ दिल्लीस्थित नेशनल डिफेन्स कलेजको भ्रमण गरेका थिए । त्यस अवसरमा उनले उक्त कलेजमा सञ्चालन भइरहेको तालिममा सहभागी शिक्षार्थी र शिक्षकहरूसमक्ष राष्ट्र निर्माण र नेपालको परराष्ट्र नीतिमा सेनाको योगदान विषयमा प्रवचन दिएको निर्देशनालयले जनाएको छ ।

हाल उक्त कलेजमा सञ्चालन भइरहेको एनडिसी तालिमा नेपालका तीन महासेनानी सहभागी छन् । प्रधानसेनापतिले समेत विगतमा सोही कलेजबाट एनडिसी तालिम लिएका थिए । प्रधानसेनापतिसँगै ४७औँ इण्डो प्यासिफिक आर्मी म्यानेजमेन्ट गोष्ठीमा सहभागी सैनिक अधिकृत र सेना सुवेदार मेजर पनि स्वदेश फर्किए ।

भ्रमणका क्रममा विभिन्न मित्रराष्ट्रहरूका समकक्षीलगायत पदाधिकारीहरूसँगको अन्तरक्रियाबाट मानवीय सुरक्षालगायतका साझा चासोका विषयहरूमा अनुभवहरूको आदान–प्रदान गर्ने अवसर प्राप्त भएको सेनाले जनाएको छ । ती देशहरूसँगको नेपालको सम्बन्ध थप सुमधुर बनाउन मद्दत पुगेको विश्वास नेपाली सेनाले लिएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहीबार  १० : २६ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम