एसियाली खेलकुद : नेपाल स्क्वास र फेन्सिङमा पराजित « Khabarhub

एसियाली खेलकुद : नेपाल स्क्वास र फेन्सिङमा पराजित


११ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

हाङझाउ – १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत स्क्वासको पुरुष टिम इभेन्टस्मा नेपाल भारतसित पराजित भएको छ । नेपालको पुरुष टोली भारतसित ३–० ले पराजित भएको हो ।

आज सम्पन्न पहिलो खेलमा नेपालका अमृत थापामगर भारतका अभय सिंहसित २–११, ४–११ र १–११ अकले पराजित भए । अर्को खेलमा नेपालका अराहन्तकेशर सिंह भारतका महेश मान्गोनकरसित २–११, ३–११ र ३–११ अंकले पराजित भए ।

यस्तै अमिर ब्लोन भारतका हरिन्दरपाल सिंहसित अन्तिम खेलमा १–११ ,२–११ र ६–११ अंकले पराजित भए । समूह ‘ए’ मा रहेको नेपाल यसअघि कुवेत, पाकिस्तान, कतार र सिंगापुरसित ३–० को सोझो सेटमा पराजित भएको थियो ।

फेन्सिङ पराजित

१९औँ एसियाली खेलकुद अन्तर्गत आज सम्पन्न फेन्सिङ खेलमा नेपालको पुरुष र महिला टोली पराजित भएको छ । पुरुष साब्रे टोली कजाकिस्तानसित १ै५–४५ अकले पराजित भयो । यस्तै महिला फोइल टोली जापानसित १०–४५ अकले पराजित हुँदै क्वाटरफाइनलबाटै बाहिरिएको छ ।

गल्फमा सन्तोषजनक प्रदर्शन

१९औँ एसियाली खेलकुदअन्तर्गत गल्फको व्यक्तिगत स्पर्धामा नेपालले आज सन्तोषजनक खेल प्रदर्शन गरेको छ । नेपालका शुक्रबहादुर राईले दुई अन्डर ७० खेले । उनी ३१औं स्थानमा रहे ।

यस्तै नेपालका सदभाव आचार्यले एक अन्डर ७१ र सुवास तामाङले पहिलो दिनको खेल सकाए । सदभाव ३८औँ तथा सुवास ४७औँ स्थानमा रहे । युवराज भुजेल ५८औँ स्थानमा छन् । महिला एकलतर्फ सुस्मा सिग्देल १६ ओभर ८८ स्कोरका साथ ३६औँ स्थानमा छिन् । यस्तै कस्मिरा शाह ३८औँ स्थानमा छिन् ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहीबार  १० : ५५ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण