एसियाली खेलकुद : नेपाल स्क्वास र फेन्सिङमा पराजित « Khabarhub

एसियाली खेलकुद : नेपाल स्क्वास र फेन्सिङमा पराजित


११ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

हाङझाउ – १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत स्क्वासको पुरुष टिम इभेन्टस्मा नेपाल भारतसित पराजित भएको छ । नेपालको पुरुष टोली भारतसित ३–० ले पराजित भएको हो ।

आज सम्पन्न पहिलो खेलमा नेपालका अमृत थापामगर भारतका अभय सिंहसित २–११, ४–११ र १–११ अकले पराजित भए । अर्को खेलमा नेपालका अराहन्तकेशर सिंह भारतका महेश मान्गोनकरसित २–११, ३–११ र ३–११ अंकले पराजित भए ।

यस्तै अमिर ब्लोन भारतका हरिन्दरपाल सिंहसित अन्तिम खेलमा १–११ ,२–११ र ६–११ अंकले पराजित भए । समूह ‘ए’ मा रहेको नेपाल यसअघि कुवेत, पाकिस्तान, कतार र सिंगापुरसित ३–० को सोझो सेटमा पराजित भएको थियो ।

फेन्सिङ पराजित

१९औँ एसियाली खेलकुद अन्तर्गत आज सम्पन्न फेन्सिङ खेलमा नेपालको पुरुष र महिला टोली पराजित भएको छ । पुरुष साब्रे टोली कजाकिस्तानसित १ै५–४५ अकले पराजित भयो । यस्तै महिला फोइल टोली जापानसित १०–४५ अकले पराजित हुँदै क्वाटरफाइनलबाटै बाहिरिएको छ ।

गल्फमा सन्तोषजनक प्रदर्शन

१९औँ एसियाली खेलकुदअन्तर्गत गल्फको व्यक्तिगत स्पर्धामा नेपालले आज सन्तोषजनक खेल प्रदर्शन गरेको छ । नेपालका शुक्रबहादुर राईले दुई अन्डर ७० खेले । उनी ३१औं स्थानमा रहे ।

यस्तै नेपालका सदभाव आचार्यले एक अन्डर ७१ र सुवास तामाङले पहिलो दिनको खेल सकाए । सदभाव ३८औँ तथा सुवास ४७औँ स्थानमा रहे । युवराज भुजेल ५८औँ स्थानमा छन् । महिला एकलतर्फ सुस्मा सिग्देल १६ ओभर ८८ स्कोरका साथ ३६औँ स्थानमा छिन् । यस्तै कस्मिरा शाह ३८औँ स्थानमा छिन् ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहीबार  १० : ५५ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम