चोभारको आदिनाथमा एक महिने मेला सुरु | Khabarhub Khabarhub

चोभारको आदिनाथमा एक महिने मेला सुरु


११ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको चोभारडाँडास्थित आदिनाथ मन्दिरमा एक महिने मेला सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल (कोजाग्रत) पूर्णिमाका दिन सुरु हुने मेला कात्तिक शुक्ल पूर्णिमासम्म सञ्चालन हुन्छ ।

मेलामा काठमाडौँ उपत्यका तथा आसपासबाट भक्तजन सहभागी हुने गर्दछन् । यस मेलामा सहभागी भएमा भक्तजन भय, रोग र बिघ्नबाट मुक्त भई पारिवारिक सुख र  समृद्धि प्राप्त हुने विश्वास गरिन्छ । मेला अवधिभर मन्दिरमा दर्शन गरे रोगव्याधी तथा छालासम्बन्धी रोग नलाग्ने किंवदन्ती पनि पाइन्छ ।

लिच्छवीकालीन राजा अंशुवर्माले स्थापना गरेको यो मन्दिर ऐतिहासिक र पुरातात्विक महत्वको छ । मन्दिरमा शिव र पार्वतीको संयुक्त आकार प्रतिबिम्बित मूर्ति राखिएका छन्, जसलाई अर्धनारेश्वर (आदिनाथ) भनिन्छ । मन्दिरमा हिन्दू र बौद्ध अनुयायीले साझा मन्दिरका रुपमा आस्था प्रकट गर्ने गर्दछन् ।

हिन्दू धर्मावलम्बीले शिव शक्तिका रुपमा तथा बौद्ध धर्मावलम्बीले आनन्दादी लोकेश्वरका रुपमा आदिनाथलाई पूजा गर्ने गर्दछन् । बौद्ध धर्मावलम्बीले करुणाका प्रतीकका रुपमा र हिन्दू धर्मावलम्बीले आदिनाथका रूपमा देवतालाई सम्मान तथा पूजा गर्ने चलन छ । 

लोकेश्वरको ध्यान गरेमा लामो आयु प्राप्त हुने, अकालमा मृत्यु नहुने, धनसम्पत्ति प्राप्त हुने बौद्धमार्गीहरूको विश्वास छ ।

हिन्दू तथा बौद्ध अनुयायीको साझा संस्कृतिका रुपमा रहेको उक्त मन्दिरसँग दुवै धर्मका भक्तजनको अन्योन्याश्रित सम्बन्ध रहेको कीर्तिपुरका स्थानीयहरुको भनाइ छ ।

मन्दिरमा सप्त सत्वपूजा गरी पताका, ध्वजा, विभिन्न भाँडाकुँडा, गरगहना पहिल्यैदेखि चढाउने गरेको पाइन्छ । स्थानीय व्यवसायी कन्हैया कुँवरका अनुसार मेला अवधिभर प्रत्येक दिन विभिन्न बाजागाजासहित मन्दिरमा आएर भजनकीर्तन तथा पूजा हुने गर्दछ ।

काठमाडौँबाट करिब नौ किलोमिटर दक्षिणतर्फ अवस्थित उक्त मन्दिरमा विसं २०७२ को भूकम्प तथा परकम्पनका कारण क्षति पुगेकाले संरचना मर्मत तथा जीर्णोद्धार गरिएको छ ।

चोभारडाँडाबाट काठमाडौँ उपत्यकाको मनोरम दृश्य देख्न सकिन्छ । उक्त मन्दिरबाट नजिकै रहेको मञ्जुश्री पार्क, जलविनायक मन्दिर, टौदह पनि धार्मिक महत्वका स्थल हुन् । 

काठमाडौँ उपत्यका जलमग्न भएपछि मञ्जुश्रीले चोभारको डाँडामा खड्ग प्रहार गरी पर्वत छेदन गरेको र पानीलाई निकास दिएको स्थान पनि यसै क्षेत्रमा छ । 

प्रकाशित मिति : ११ कार्तिक २०८०, शनिबार  ११ : ११ बजे

लप्सीफेदीका स्थानीयमाथि प्रहरीले दमन गरेको भन्दै काठमाडौंमा विरोध प्रदर्शन

काठमाडौं- काठमाडौंको शंखरापुर नगरपालिका–३ लप्सीफेदीमा स्थानीयमाथि प्रहरीले दमन गरेको भन्दै

बाल संरक्षण मापदण्डको मस्यौदामाथि छलफल

काठमाडौं- राष्ट्रिय बालअधिकार परिषद्ले बाल संरक्षण मापदण्ड २०८० को मस्यौदा

‘रङ्गेलीमा’ भगवान् दादा बने अर्पण थापा

काठमाडौं- फिल्म ‘रङ्गेली’ को नयाँ क्यारेक्टर पोस्टरमा अभिनेता अर्पण थापाको

मेची राजमार्गमा यातायात नचल्दा तीर्थयात्री अलपत्र

फुङ्लिङ- कोशी नामविरुद्ध आन्दोलनरत प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त

चीनले विदेशी कम्पनीहरूको अधिकार र बौद्धिक सम्पत्तिको रक्षा गर्ने चिनियाँ राष्ट्रपति सीको भनाइ

बेइजिङ- चीनका राष्ट्रपति सी जिन्पिङले अन्तर्राष्ट्रिय कम्पनीहरूको अधिकार र बौद्धिक