गाजाबाट रिर्पोटिङ गर्ने पत्रकारको सुरक्षाको ग्यारेन्टी गर्न नसक्ने इजरायलको भनाई | Khabarhub Khabarhub

गाजाबाट रिर्पोटिङ गर्ने पत्रकारको सुरक्षाको ग्यारेन्टी गर्न नसक्ने इजरायलको भनाई


११ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


606
Shares
  • change font
  • change font
  • change font

तेल अहिव– इजरायलले गाजा क्षेत्रबाट रिपोर्टिङ गर्ने पत्रकारको सुरक्षाको ग्यारेन्टी गर्न नसकिने जनाएको छ । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले गाजाबाट रिपोर्टिङ गर्ने पत्रकारहरूको सुरक्षाको ग्यारेन्टी गर्न नसक्ने बताएको हो । अन्तर्राष्ट्रिय समाचार संस्थाहरूलाई इजरायलले सो धारणा प्रस्ट रुपमा राखेको रोयटर्सले जानकारी दिएको छ । 

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरू रोयटर्स र एजेन्सी फ्रान्स प्रेस (एएफपी) ले यस हप्ता इजरायली सेनालाई गाजाको युद्धभुमीमा रहेका उनीहरूका पत्रकारहरूलाई इजरायली हवाई हमलाले निशाना बनाइने छैन भन्ने आश्वासन दिएका थिए । 

तर, अहिले आईडीएफले दुबै एजेन्सीहरूलाई लेखेको पत्रको जवाफ दिँदै भनेको छ उनीहरू गाजाभरि हमासका सबै सैन्य गतिविधिलाई लक्षित गर्दैछन् । यस परिस्थितिहरूमा पत्रकारको सुरक्षाको ग्यारेन्टी गर्न सक्दैनन् । उनीहरूलाई हमास माथिको प्रतिवादलाई कडा रूपमा लिनसमेत इजरायलले आग्रह गरेको छ । 

उनीहरूको सुरक्षाको लागि आवश्यक सबै उपायहरू अपनाइने भए पनि अवस्था ठिक नभएको बुझिदिन इजरायलले आग्रह गरेको छ । इजरायलको सो पत्रमा हमासले जानाजानी सैन्य कारबाहीलाई पत्रकार र सर्वसाधारणको नजिकमा राखेको पनि रोयटर्सले जनाएको छ । तर, आईडीएफद्वारा लगाइएका यी आरोपहरू साँचो हो कि भनेर सोध्दा हमासले तुरुन्तै प्रतिक्रिया नदिएको रोयटर्सले जनाएको छ ।

रोयटर्स र एएफपी दुवैले गाजामा पत्रकारहरूको सुरक्षामा चिन्ता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ११ कार्तिक २०८०, शनिबार  १ : ३९ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस