दोलखाको मेलुङबाट वार्षिक ३ करोडको सुन्तला बिक्री  | Khabarhub Khabarhub

दोलखाको मेलुङबाट वार्षिक ३ करोडको सुन्तला बिक्री 


१२ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

दोलखा- दोलखा जिल्लाको मेलुङ गाउँपालिका भित्रका स्थानीयहरू पछिल्लो वर्षहरूमा कृषितर्फ आकर्षित बन्दै गएका छन् । यहाँका स्थानीयको आम्दानीको मुख्य स्रोत कृषि बन्दै गएको छ ।

भौगोलिक कारण पूर्वाधार विकासमा उदाउँदो मेलुङ पालिका आफ्नो उत्पादनलाई बजार सम्म पुर्‍याएर स्थानीय बजार धान्न सफल भएको पालिका अध्यक्ष हिराकुमार थोकरले बताए । पालिका आलु तथा सुन्तला र खाद्यान्नमा आत्मनिर्भर रहेको उनले बताए ।

पालिका अध्यक्ष थोकरका अनुसार मेलुङले वार्षिक ३ करोड बराबरको सुन्तला बिक्री गर्ने गरेको छ ।  मेलुङको पवटी लगायतका क्षेत्रबाट वार्षिक ३ करोड बराबरको सुन्तला उत्पादन हुँदै आएको अध्यक्ष थोकरले बताए ।

मेलुङका स्थानीयले सुन्तला बिक्रीबाट दुईदेखि ५ लाखसम्म आम्दानी गर्ने गरेका छन् । मेलुङका स्थानीयको आन्तरिक आम्दानीको स्रोत कृषि भएकाले यहाँका किसान कृषिमा आत्मनिर्भर रहेको अध्यक्ष थोकरले बताए ।

मेलुङ सुन्तला खेतीको उर्वर भूमि रहेकाले धेरै किसानले सुन्तलाबाटै राम्रो आम्दानी लिने गरेको उनले सुनाए । मेलुङबाट उत्पादित सुन्तलाले आन्तरिक बजार धान्न सकेको समेत अध्यक्षले बताए । साथै उनले धेरै जसो सुन्तला स्थानीय तामाकोशी बजार र सदरमुकाम चरिकोट बजार लाई मेलुङकाे सुन्तलाले नै बजार धान्न सकेको बताए ।

गाउँपालिकाले चालु वर्षको बजेटमा पनि पूर्वाधार बिकास, शिक्षासंगै कृषिलाई पनि प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको उपाध्यक्ष गायत्री आचार्यले बताइन् । पालिकाले दिने अनुदान पनि उत्पादनलाई लक्षित गरी असली किसान र व्यवसायमा लागेका किसानको तथ्याङ्क सङ्कलन गरेर मात्रै दिने गरेको उपाध्यक्ष आचार्यको भनाइ छ ।

सुबास बस्नेत 

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  १ : ४४ बजे

भारतसँग जोडिएका पर्साका सीमानाका तीन दिन बन्द हुने

पर्सा– भारतमा हुने लोकसभा निर्वाचनलाई लक्षित गर्दै भारतसँग जोडिएका वीरगञ्जसहित

मानसरोवर यात्रा : रसुवागढी नाकामा चहलपहल

रसुवा– चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरको यात्रा सुरु भएको छ ।

दमौलीको मुख्यचोकका २० सटरमा भीषण आगलागी

तनहुँ– तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गएराति भीषण आगलागी भएको

कांग्रेस संसदीय दलको बैठक बस्दै, भावी रणनीति बनाउने

काठमाडौं– नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक

भारत लोकसभा पाँचौ चरणको चुनाव आज : आठ राज्यका कति सिटमा हुन्छ मतदान ?

काठमाडौं – सात चरणमा हुन लागेको भारत लोकसभाको पाँचौ चरणको