तनहुँमा लम्पी स्किनबाट पीडित किसानलाई राहत हस्तान्तरण « Khabarhub

तनहुँमा लम्पी स्किनबाट पीडित किसानलाई राहत हस्तान्तरण


१२ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

दमौली- तनहुँको म्याग्दे गाउँपालिकाले लम्पी स्किन रोगको सङ्क्रमणका कारण पीडित किसानलाई राहत हस्तान्तरण गरेको छ ।

गत आर्थिक वर्षमा महामारीका रुपमा फैलिएको लम्पी स्किन रोगबाट पशु मरेका किसानलाई राहतस्वरुप प्रति पशु रु दश हजारका दरले राहत वितरण गरिएको हो । व्यवसाय पुनःस्थापन सहयोग कार्यक्रमअन्तर्गत ३१ जना किसानलाई ३५ पशुको प्रति पशु रु दश हजारका दरले सहयोग प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार सातवटै वडाका किसानलाई गरी कूल रु तीन लाख ५० हजार राहत प्रदान गरिएको छ ।

लम्पी स्किन रोगबाट ४० चौपायाको मृत्यु भएकामा बीमा नगरिएका ३५ पशुको राहत रकम प्रदान गरिएको अधिकारीले बताए । उनले भने, “गत वर्ष महामारीका रुपमा फैलिएको लम्पी रोगका कारण सात वटै वडाका किसान प्रभावित भएका थिए । गाउँपालिकाभर ४० गाई, गोरु, भैँसी, राँगा मरेका थिए । त्यसमध्ये पाँच वटा पशुको बीमा गरिएको थियो । बीमा नगरेकालाई गाउँपालिकाले राहतस्वरुप केही रकम सहयोग गरेको हो ।”

किसानलाई सोमबार गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा राहत रकम हस्तान्तरण गर्दै अध्यक्ष श्रीप्रसाद श्रेष्ठले भने, “लम्पी स्किनबाट देशभर पशु सङ्क्रमित भई मृत्युसमेत भयो । हाम्रो पालिकामा पनि उक्त रोगको सङ्क्रमण फैलियो । पशु मरेका किसानलाई केही राहत होस् भनेर व्यवसाय पुनःस्थापन कार्यक्रम ल्याएका हौँ ।”

गाउँपालिकाका पशु सेवा शाखा प्रमुख डा विनय शाहका अनुसार गाउँपालिकाका सातवटै वडामा लम्पी स्किनको सङ्क्रमण फैलिएको थियो । सङ्क्रमितमध्ये एक दशमलव ०९ प्रतिशत पशु मरेका थिए । उनका अनुसार गाउँपालिकाले लम्पी स्किनविरुद्ध दुई हजार गाईभैँसीलाई उक्त खोप लगाइसकेको छ ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  १ : ५० बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक