अहिलेको संविधानमा सबैको कुरा अटाएको छ, यसलाई फेर्ने कुरा नगरौँ : नेता महर « Khabarhub

अहिलेको संविधानमा सबैको कुरा अटाएको छ, यसलाई फेर्ने कुरा नगरौँ : नेता महर


१२ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले अहिलेको संविधानमा सबै वर्ग र समुदायका कुरा अटाएको बताएका छन् । कांग्रेस रुपन्देही जिल्लाको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता महरले तत्कालीन अवस्थामा सम्झौता गरेर सबै राजनीतिक दलको साझा दस्तावेजका रूपमा संविधान आएकाले यसको सफल कार्यान्वयन नै अहिले प्राथमिक विषय भएको बताए ।

‘अहिलेको संविधानमा सबै वर्ग र समुदायका कुरा अटाएका छन् । सबैका विचार अटाएका छन् । यो सबैको सम्झौताको दस्तावेज भएकाले अहिले तलमाथि गर्ने र आधारभूत विषय फेर्ने प्रयास गर्नुहुँदैन । त्यस्तो भयो भने फेरि देश दुर्घटनामा जान्छ । देश फेरि हिंसाको खाडलतर्फ जानसक्छ । यसतर्फ पनि कांग्रेसलगायत ठूला दल सजग बन्नुपर्छ,’ उनले भने ।

दुर्गा प्रसाईंमात्र वर्तमान परिवर्तनको बाधक नभएको टिप्पणी गर्दै नेता महरले जनतामा संविधानको अपनत्व लिन नसक्ने राजनीतिक दलहरू पनि दोषी हुन‍् कि भन्ने प्रश्न उठिरहेको बताए ।

‘संविधान निर्माण गर्ने, संविधान ल्याउन आन्दोलन गर्ने राजनीतिक दलका केही नेता संविधानमा व्यवस्था गरिएका प्रावधानको पक्षमा बोल्न र त्यसको संरक्षण गर्न नलागेको देखिन्छ’ उनले भने, ‘यी र यस्ता कमजोरीहरूलाई पनि हामीले सच्याउँदै अगाडि बढ्नुपर्छ ।’ उनले संवैधानिक रूपमा मुलुकलाई अगाडि बढाउन नेताहरू चुक्न नहुने टिप्पणी गरेका छन् ।

नेताहरू आफैँ संवैधानिक रूपमा अगाडि बढ्न नसके त्यसको असर मुलुकलाई पर्ने र जनतामा निराशा छाउने महरको भनाइ छ ।

‘नेपाली कांग्रेस र अन्य राजनीतिक दलहरूले गरेको संघर्षबाट प्राप्त संविधानलाई पूर्ण कार्यान्वयन गराउन हामी चुक्नु हुँदैन । संशोधन भन्ने कुरा आवश्यकता अनुसार भइनै रहन्छ। तर, यसको पूर्ण कार्यान्वयन नहुँदै अर्को विकल्प खोज्ने कुरा राम्रो होइन’ महरले भने ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ३ : ४५ बजे

भोजपुरको षडानन्दमा प्राङ्गारिक कफीखेती कार्यक्रम

भोजपुर– भोजपुरको षडानन्द नगरपालिकाले गरिबी निवारण र किसानको दिगो आयआर्जन

‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’

जनकपुरधाम– गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनलाई सफल बनाउनु सुरक्षा निकायमा आबद्ध

सभापति छाड्न नमानेका देउवाले कांग्रेसलाई फुट्नबाट जोगाउन दिए यी विकल्प

काठमाडौं- नेपाली कांग्रेसको सभापति पद त्याग्न तयार नभएका शेरबहादुर देउवाले

‘एलओडी क्लब’ डिजे म्यागको पुन: नोमिनेसनमा

काठमाडौं– ठमेलस्थित ‘एलओडी’ क्लब ‘ डिजे म्याग टप १००’ को

सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय,