माछापुच्छ्रे बैंकले ल्यायो फिनपोस कारोबारमा श्रव्य प्रविधि   « Khabarhub

माछापुच्छ्रे बैंकले ल्यायो फिनपोस कारोबारमा श्रव्य प्रविधि  


१२ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


429
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- डिजिटल बैंकिङमा माछापुच्छ्रे बैंक लिमिटेडले नेपालमा पहिलो पटक पाेस मेसिनमा तत्काल भुक्तानी सूचना प्रविधिको शुभारम्भ गरेको छ ।

नेपालभरका फिनपाेस ब्रान्डको मेसिनमा रिसिप्टको साथै ध्वनी ( साउण्ड ) बाट पनि भुक्तानीको सुचना दिने गरी बैंकले यो नविनतम प्रविधिको सुरुवात गरेको हो ।

अब माछापुच्छ्रे बैंकका फिनपाेस मर्चेन्टहरुले कार्ड, क्युआर(नेपाल पे वा फाेन पे र एम- स्मार्ट एनएफसी) मार्फत भुक्तानी प्राप्त गर्दा कारोबार सफल भएको जानकारी ध्वनि मार्फत हुने बैंकले जानकारी गराएको छ ।

जसले गर्दा सेवाग्राही तथा मर्चेन्टहरुमाझ कार्ड कारोबार प्रति लोकप्रियता एवम् विश्वासनियता अझ बढ्ने बैंककाे अपेक्षा छ ।

यस सुविधाबाट माछापुच्छ्रे बैंकका हजार भन्दा बढी फिनपाेस पाेस राख्ने मर्चेन्टहरु प्रत्यक्ष लाभान्वित हुने छन् । साथै अन्य कुनै मर्चेन्टहरुलाई यो प्रविधि चाहिएको खण्डमा माछापुच्छ्रे बैंकको ग्राहक सेवा केन्द्रमा सम्पर्क राखी उक्त सेवा सजिलै जडान गर्न सकिने बैंकले जनाएकाे छ ।

यस बाहेक फरक फरक माध्यमहरू मार्फत डिजिटल भुक्तानी सुविधालाई सहज बनाउन ग्राहकहरुका लागि नवीन उत्पादन र सेवाहरु ल्याउन माछापुच्छ्रे बैंक सधैँ तत्पर रहेको बैकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बैंकले नगदरहित बैकिङलाई बढवा दिँदै पहिलो डिजिटल ‘ स्मार्ट बैंक’ को रूपमा आफूलाई स्थापित गर्ने लक्ष्यमा निरन्तर अगाडी बढाइरहेकाे छ ।

बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ सेवा, २०३ एटिएम मार्फत १५ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ६ : ४१ बजे

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

बागमती – मकवानपुरको छुट्टाछुटै स्थानमा आज भएको दुर्घटनामा दुई जनाको

निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न अनुरोध

काठमाडौं – राष्ट्रिय बालअधिकार परिषद्ले निर्वाचनका समयमा बालबालिकाको प्रयोग गर्न/गराउन

पत्रकार गीता अधिकारीको गीति एल्बम ‘भावस्पनदन’ सार्वजनिक

काठमाडौं – पत्रकार तथा गीतकार गीता अधिकारीले आफ्नो जन्मदिनमा गीति

एकै थलोमा तीन सय ५० रैथाने कृषि प्रजातिको प्रदर्शन

गण्डकी – पोखरा महानगरपालिका–३१ सुन्दरीडाँडामा सम्पन्न पोखरा महानगरस्तरीय कृषि जैविक

म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने

काठमाडौं – म्याग्दीमा उज्यालो नेपाल पार्टीले स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी