चाबहिलमा श्री चन्द्रविनायक तथा श्री भैरवनाथ जात्राको रौनकता « Khabarhub

चाबहिलमा श्री चन्द्रविनायक तथा श्री भैरवनाथ जात्राको रौनकता


१२ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चाबहिल क्षेत्रमा श्री चन्द्रविनायक तथा श्री भैरवनाथ जात्राको रौनकता छाएको छ ।

जात्राको दोस्रो दिन आज मंसिर कृष्ण प्रतिपदाका अवसरमा श्री चन्द्रविनायक तथा भैरवनाथको रथलाई मन्दिर वरपर घुमाइ गङ्गाहिटीमा लगेर स्नान गराइएको जात्रा व्यवस्थापन समितिले जनाएको छ । स्नानपछि दुवै खटलाई आज बेलुकी चारुमती बिहारमा लगेर बिसाइनेछ ।

कार्तिक शुक्ल पूर्णिमाका दिन सोमबार सुरु भएको जात्रा श्री चन्द्रविनायक र भैरवनाथलाई अबिर चढाएपछि मंसिर कृष्ण तृतीयाका दिन सकिने परम्परा छ । जात्रा करिब साढे तीन सय वर्ष पुरानो भएको विश्वास गरिन्छ ।

नेपाल संवत् ८०१ मा राजा भूपालेन्द्र मल्लले यो जात्राको सुरुवात गराएको स्थानीयवासीको भनाइ छ । जात्रा सफलतापूर्वक समापन भएको खुसीयालीमा चावहिल क्षेत्रमा सिन्दूर जात्रा गरिन्छ ।

यस वर्ष बिहीबार सिन्दुर जात्रा गरिने जनाइएको छ ।

जात्रा कार्तिक शुक्ल पूर्णिमाका दिन चावहिल क्षेत्रमा सुरु भएको थियो । प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमादेखि मंसिर कृष्ण तृतीयासम्म चार दिन पशुपति, जयवागेश्वरी, मित्रपार्क, चावहिल र चुच्चेपाटी क्षेत्रमा चन्द्रविनायक जात्रा मनाउने गरिन्छ ।

जात्राको पहिलो दिन सोमबार ‘मलजा नकेगु’ कुमार कुमारीको पूजा गरेर विनायकको प्रसाद खुवाइएको थियो । चन्द्रविनायक उपत्यकाका चार विनायकमध्ये एक हो । चन्द्रविनायकलाई पशुपतिनाथको छोराका रुपमा लिइन्छ । यसै मान्यताका आधारमा चन्द्रविनायक जात्रालाई पशुपतिनाथ मूल मन्दिर पनि घुमाइन्छ ।

पशुपतिनाथ अमालकोट कचहरीका द्वारे पूर्ण डङ्गोलले कार्तिक शुक्ल पूर्णिमाका दिन बिहान चन्द्रविनायक मन्दिरमा विशेष पूजा गरेपछि जात्रा सुरु भएको हो । त्यस दिन बेलुकी मन्दिर परिसरमा धुनी जगाइयो । धुनी जगाउन पशुपतिनाथ अमालकोट कचहरीले दाउरा उपलब्ध गराउने परम्परा छ ।

मंसिर कृष्ण द्वितीयाका दिन बुधबार दुवै रथलाई पशुपतिमा लगी पिताको दर्शन गराइने कार्यक्रम रहेको छ । दर्शनपछि पशुपतिबाट चुच्चेपाटीसम्मका मूल चोकहरुमा घुमाइने जात्रा समन्वय समिति सदस्य राजु भारतीले जानकारी दिए । यो जात्रा प्रत्येक वर्ष पशुपतिनाथबाट चुच्चेपाटीसम्म महत्वकासाथ मनाइन्छ ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ६ : १७ बजे

रौतहटमा तीन हजार ८५१ निर्वाचन प्रहरी भर्ना गरिने

रौतहट– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य

कांग्रेस विशेष महाधिवेशन : कतिले हस्ताक्षर गरे, कति बाँकी छन् ?

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले

थारू समुदाय माघीका लागि ढिक्री बनाउन व्यस्त

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–१२ कचेलीकी जानकी चौधरीलाई अहिले ढिक्री बनाउने

त्रिशूलीमा भेटिएको बसको आज पनि उत्खनन गरिँदै

तनहुँ– तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको

नेपाली विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह आज प्रक्षेपण गरिँदै

ललितपुर– नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले स्वदेशमा नै विकसित ‘मुनाल’