पर्यटन प्रवर्द्धनका लागि इच्छाकामनामा मेला | Khabarhub Khabarhub

पर्यटन प्रवर्द्धनका लागि इच्छाकामनामा मेला


१२ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

चितवन – पर्यटन प्रवर्द्धनका लागि चितवनको इच्छाकामना–५ मा अवस्थित प्रसिद्ध धार्मिकस्थिल इच्छाकामना मन्दिर परिसरमा विभिन्न कार्यक्रम हुने भएको छ । पञ्चमी मेलाको अवसर पारेर यही मङ्सिर १५ र १६ गते विभिन्न कार्यक्रम हुने भएको हो ।

मेलाको अवसरमा पर्यटन प्रवर्द्धनका लागि म्याराथन प्रतियोगिता, चुड्का प्रतियोगितालगायत विविध सांस्कृतिक कार्यक्रम हुने मन्दिर संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराले जानकारी दिए ।

अध्यक्ष बोहोराले भने, ‘हरेक वर्ष लाग्ने पञ्चमी मेलाको अवसर पारेर यहाँ रहेका पर्यटकीयस्थलको प्रचारप्रसारका लागि खुला म्याराथन प्रतियोगिता, चेड्का नाच प्रतियोगितालगायत विविध सांस्कृतिक कार्यक्रम आयोजना गरेका हौँ, यस मेलाको अवसरमा हुने विविध कार्यक्रमले इच्छाकामना मन्दिरसहित यहाँ रहेका पर्यटकीयस्थलको प्रवर्द्धनमा टेवा पुग्ने उद्देश्य लिएको छ ।’ मेलामा राष्ट्रिय तथा स्थानीय विभिन्न विद्याका कलाकारको प्रस्तुति पनि रहने उनले जानकारी दिए।

म्याराथन प्रतियोगिताका संयोजक झलक गुरुङका अनुसार मुग्लिन बजारबाट इच्छाकामना मन्दिर सम्म ११ दशमलव ०४७ किलोमिटरको दूरीमा खुला म्याराथन प्रतियोगिता हुनेछ । प्रतियोगितामा प्रथम हुनेले रु २० हजार नगद र द्वितीय हुनेले रु १० हजार नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

मन्दिर संरक्षण समितिका अध्यक्ष बोहोराका अनुसार इच्छाकामना मन्दिरमा हरेक वर्ष ठूलो पञ्चमीको अवसरमा रातभर मेला लाग्ने र बिहान पूजाआजाका साथै बली चढाइने परम्परा रहेको छ । रातभर मेला लाग्ने बिहान पूजाआजाका साथै बलि चढाउने प्रचलन छ ।

केही वर्षदेखि इच्छाकामना गाउँपालिकाले मेलालाई भव्य रुपमा मनाउनका लागि सो दिन दिन सार्वजनिक बिदासमेत दिन थालेको छ । इच्छाकामना मन्दिर चितवनको इच्छाकामना गाउँपालिका–५ मा पर्दछ । मनकामना देवीको सात दिदी बहिनीमध्ये इच्छाकामना एक बहिनी रहेको किंवदन्ती रहेको छ ।

इच्छाकामना माईको मन्दिरमा सन्तान नभएकाले भाकल र पूजाआजा गरे सन्तान प्राप्त गर्न सकिन्छ भन्ने सदियौँदेखि जनविश्वास रहेको पाइन्छ । इच्छाकामना मन्दिर धार्मिक पर्यटकीयस्थलको सम्भावना बोकेको पर्यटकीयस्थल हो । समुद्री सतहदेखि एक हजार आठ सय मिटरको उचाइमा रहेको छ । इच्छाकामनाको वरपर जङ्गलले ढाकेको छ । फागुनरचैत ढकमक्क फुलेको लालीगुराँसले वरिपरिको वातावरण रङ्गीन बन्छ । इच्छाकामनाबाट सफा मौसममा हिमाली शृङ्खला मनास्लु, गणेश, माछापुच्छ्रे«सम्म पनि देख्न सकिन्छ ।

मोटरबाटो खुलेपछि पछिल्लो समय मनकामना आएका दर्शनार्थी इच्छाकामना पनि आउने गरेको मन्दिर संरक्षणल समितिका अध्यक्ष बोहोराले बताउनुभयो । प्छिल्लो समय मनकामना, इच्छाकामना, छिम्केश्वरी र त्रिवेणीलाई चारधामको रुपमा धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न स्थानीय अभियानता तथा जनप्रतिनिधिले जोड दिएका छन् ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ८ : २६ बजे

हनुमन्ते नदी पस्यो बस्तीमा, उच्च सतर्कता अपनाउन आह्वान

भक्तपुर – भक्तपुरको सहरी क्षेत्रमा पानी नपरे पनि आज साँझदेखि

दार्चुलाबाट लक्ष्यभन्दा कम यार्सागुम्बा निकासी

दार्चुला – गत आर्थिक वर्षमा दार्चुलाबाट छ सय ७४ किलोग्राम

गाजामा मृत आमाको कोखबाट नवजात शिशुको उद्धार

गाजा – इजरायली आक्रमणमा ज्यान गुमाएकी एक आमाको कोखबाट एक

सालको अवैध काठसहित भारतीय सफारी गाडी नियन्त्रणमा

रौतहट –सशस्त्र प्रहरी र वन सुरक्षा टोलीले रौतहटको गुजारा नगरक्षेत्रबाट

आजका समाचार : त्रिशूलीमा खसेका यात्रु खोज्न भारतीय टोली परिचालन, बंगलादेशमा राष्ट्रव्यापी कर्फ्यु

आइतबारको संसद् बैठकमा अनिवार्य उपस्थित हुन एमालेको ह्वीप नेकपा एमालेले