भारतविरुद्ध अष्ट्रेलियाको रोमाञ्चक जित, म्याक्सवेलको शतक | Khabarhub Khabarhub

भारतविरुद्ध अष्ट्रेलियाको रोमाञ्चक जित, म्याक्सवेलको शतक


१२ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


14.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टि–२० सिरिज अन्तर्गत तेस्रो खेलमा अष्ट्रेलियाले भारतविरुद्ध रोमाञ्चक जित हात पारेको छ । ग्लेन म्याक्सवेलको शतकको मदतमा अष्ट्रेलियाले भारतलाई पाँच विकेटले हराएको हो ।

दुई सय २३ रनको विशाल लक्ष्य अष्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाएर भेट्टायो । अष्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले ४८ बलमा ८ चौका र ८ छक्कासहित अविजित १ सय ४ रन बनाए । त्यस्तै ओपनर ट्रविस हेडले ३५, आरोन हार्डीले १६, जोश इंग्लिसले १०, मार्कस स्टोइनिसले १७ र टिम डेविडले १७ रन बनाए ।

बलिङतर्फ भारतका रवि विश्रोईले २ विकेट तथा आवेश खान, अक्षर पटेल र अर्शदीप सिंहले समान एक–एक विकेट लिए ।

त्यसअघि गुवाहाटीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय २२ रन बनाएको थियो ।

भारतका लागि ओपनर रितुराज गायकवाडले शानदार शतक हाने । उनले नटआउट १ सय २३ रन बनाए । ५७ बल खेलेका गायकवाडले १३ चौका र ७ छक्का प्रहार गरे ।

तिलक बर्माले नटआउट ३१ रन बनाए । एसुबी जयसवाल ६ रनमा आउट हुँदा इसन किसन शुन्य रनमा पभेलियन फर्किए । कप्तान सूर्यकुमार यादव ३९ रनमा आउट भए । अष्ट्रेलियाका केन रिचार्डसनल, जसोन बिहेन्डरोफ र आरोन हार्डइले समान एक–एक विकेट लिए ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ११ : १८ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः