भारतविरुद्ध अष्ट्रेलियाको रोमाञ्चक जित, म्याक्सवेलको शतक « Khabarhub

भारतविरुद्ध अष्ट्रेलियाको रोमाञ्चक जित, म्याक्सवेलको शतक


१२ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


14.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टि–२० सिरिज अन्तर्गत तेस्रो खेलमा अष्ट्रेलियाले भारतविरुद्ध रोमाञ्चक जित हात पारेको छ । ग्लेन म्याक्सवेलको शतकको मदतमा अष्ट्रेलियाले भारतलाई पाँच विकेटले हराएको हो ।

दुई सय २३ रनको विशाल लक्ष्य अष्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाएर भेट्टायो । अष्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले ४८ बलमा ८ चौका र ८ छक्कासहित अविजित १ सय ४ रन बनाए । त्यस्तै ओपनर ट्रविस हेडले ३५, आरोन हार्डीले १६, जोश इंग्लिसले १०, मार्कस स्टोइनिसले १७ र टिम डेविडले १७ रन बनाए ।

बलिङतर्फ भारतका रवि विश्रोईले २ विकेट तथा आवेश खान, अक्षर पटेल र अर्शदीप सिंहले समान एक–एक विकेट लिए ।

त्यसअघि गुवाहाटीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय २२ रन बनाएको थियो ।

भारतका लागि ओपनर रितुराज गायकवाडले शानदार शतक हाने । उनले नटआउट १ सय २३ रन बनाए । ५७ बल खेलेका गायकवाडले १३ चौका र ७ छक्का प्रहार गरे ।

तिलक बर्माले नटआउट ३१ रन बनाए । एसुबी जयसवाल ६ रनमा आउट हुँदा इसन किसन शुन्य रनमा पभेलियन फर्किए । कप्तान सूर्यकुमार यादव ३९ रनमा आउट भए । अष्ट्रेलियाका केन रिचार्डसनल, जसोन बिहेन्डरोफ र आरोन हार्डइले समान एक–एक विकेट लिए ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ११ : १८ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार