आज २०८० साल पुस १२ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८० साल पुस १२ गते बिहीबारको राशिफल


१२ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


10.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल पुस १२ गते बिहीबार तदनुसार सन् २०२३ डिसेम्बर २८ तारिख। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : दिन राम्रो छ। शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। सोचेको काम बन्नेछ। बोलीमा मोहनी भएकाले सबैले प्रशंसा गर्ने योग छ। प्रेमका लागि प्रस्ताव गर्नु राम्रो हुनसक्छ।

वृष : चन्द्रमा दाहिने भएकाले हरेक क्षेत्रमा राम्रो प्रतिफल प्राप्त हुनेछ। वैदेशिक लगानीमा ठगको फन्दामा पर्ने भएकाले सचेत भएर व्यवहार गर्नु राम्रो हुन्छ। व्यवहारमा परिवारको साथ मिल्नेछ।

मिथुन : दिन राम्रो छ। वैदेशिक रोजगारीमा गरेको लगानीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ। परिवारले हरेक काममा सहयोग गर्ने देखिन्छ। प्रेममा सफलता हात लाग्नेछ।

कर्कट : दिन सामान्य छ। विवादको सामना गर्नुपर्ने हुनसक्छ। स्वास्थ्यमा समस्या देखिए पनि परिवारको साथ मिल्नेछ।

सिंहः दैनिकी राम्रो छ। स्वास्थ्य र शिक्षा क्षेत्रमा उत्साह मिल्नेछ। परिवारमा झगडा हुनसक्छ। विवाद भएमा तर्क धेरै नगर्नु राम्रो हुन्छ। आफ्नो कामबाट भने सम्मान प्राप्त हुनसक्छ।

कन्या : दिन सामान्य छ। व्यवहारिक झन्झट आइपर्न सक्छ। साथीबाट साथ नमिल्न सक्छ। परिवारले साथ नदिए पनि वैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदा दिनेछ।

तुला : आर्थिक क्षेत्र सामान्य छ। साथीले खुट्टा तान्ने भएकाले साथीबाट जोगिनु राम्रो हुन्छ। धार्मिक कार्यमा संलग्न भएमा सोचेको काम बन्नेछ।

वृश्चिक : आजको दिन सामान्य छ। दिन प्रतिकुल छ। सहयोगीले अप्ठेरो कुरा गर्ने देखिन्छ। व्यापार व्यवसायमा घाटा सहनुपर्ने हुनसक्छ। पिपलको दर्शन गरेर थालेको कामबाट फाइदा हुनेछ।

धनु : दिन राम्रो छ। आफ्नो बोलीले सबैलाई प्रभावित बनाउने देखिन्छ। स्वास्थ्य राम्रो हुनेछ। मनमा उत्साह मिल्ने योग छ। परिवारले हरेक क्षेत्रमा साथ दिनेछन्। प्रेममा सफलता मिल्नेछ।

मकर : दैनिकी सामान्य छ। शनिदेवको छाया परेकाले वर वा पिपलको दर्शन गर्दा मात्र दिन सफल हुन्छ। परिवारमा विश्वास गर्दा घाटा हुने योग छ।

कुम्भ : साथीभाइ अनुकुल भएका छन्। शिक्षाको क्षेत्रमा गरेको लगानी र श्रमबाट फाइदा हुनेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नसक्छ।

मीन : मनमा प्रशन्नता मिल्नेछ। नयाँ कामको थालनी हुनेछ। व्यापारमा पुराना ग्राहकको साथ पाइने छ। सन्तानको प्रगति देख्न सकिन्छ। परिवारमा खुशी मिल्नेछ।

प्रकाशित मिति : १२ पुस २०८०, बिहीबार  ५ : १६ बजे

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

सुदूरपश्चिम – कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पर्यटन मन्त्रालयद्वारा पाँच निकायमा नयाँ पदाधिकारी नियुक्त, को कहाँ ?

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद