प्रधानमन्त्री कप महिला टी–२० : कोशी र मधेश प्रदेशको जित « Khabarhub

प्रधानमन्त्री कप महिला टी–२० : कोशी र मधेश प्रदेशको जित


१२ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी र मधेश प्रदेशले जित निकालेका छन् ।

आज बिहान कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले हराएको हो । याेसँगै काेशी प्रतियोगिताको प्ले अफमा प्रवेश गरेको छ 

सुदूरपश्चिमले दिएको १ सय १९ रनको लक्ष्य कोशीले १७ ओभर ४ बलमा दुई विकेटको क्षतिमा पूरा गर्‍याे

कोशीकी काजल श्रेष्ठ र रुविना चौधरीले क्रमशः ५४ र ५१ रनको अर्धशतकीय इनिङ खेले । सुदूरपश्चिमकी अनु कडायतले दुई विकेट लिइन् ।

यसअघि ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय १८ रन बनाएको थियो ।

प्रतियोगितामा ६ खेल खेलको कोशी प्रदेश १० अंकसहित तालिकाको दोस्रो स्थानमा छ भने सुदूरपश्चिम ८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

यस्तै, मुलपानी मैदानमा भएको अर्को खेलमा मधेश प्रदेशले लुम्बिनी प्रदेशलाई ८ विकेटले हराएको छ ।

लुम्बिनी प्रदेशले दिएको ९७ रनको लक्ष्य मधेशले १८ ओभर ५ बलमा दुई विकेट गुमाएर पूरा गर्‍याे

मधेशकी पूजा महतोले ६० रनको अर्धशतकीय पारी खेलिन् । यस्तै, अनुराधा चौधरी र सरस्वती कुमारीले १२ रन बनाइन् ।

लुम्बिनीकी कमला जिएम र सुस्मिता भुसालले एक–एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनी प्रदेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ९६ रन जोडेको थियो ।

यो जितसँगै ६ खेलबाट ४ अंक जोडेको मधेश छैटौँ स्थानमा छ भने ४ अंक नै भएको लुम्बिनी प्रदेश पाँचौँ स्थानमा छ ।

हालसम्म ६ खेलबाट ४ अंक जोडेको लुम्बिनी प्रदेश पाँचौँ स्थानमा रहँदा ४ अंक नै जोडेको

 

प्रकाशित मिति : १२ पुस २०८०, बिहीबार  १ : १४ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको

म्याग्दीको रत्नेचौर–भकुण्डे सडक : कालोपत्र गरिएको सडकमा खाल्डैखाल्डा

म्याग्दी– बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक योजना निर्माण पुरा नहुँदै कालोपत्र

सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्सबीच सहकार्य

काठमाडौं– यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि तथा सेवाको पहुँच

राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले कर्मचारी सुरक्षण कोषमा रहेको एक अर्ब