भक्तपुरमा आँखाका बिरामीको संख्या बढ्दो « Khabarhub

भक्तपुरमा आँखाका बिरामीको संख्या बढ्दो


१२ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरमा आँखाका रोगीहरूको संख्या निरन्तर उकालो लागेको देखिएको छ । पछिल्लो ६ वर्षमा यो संख्या निरन्तर उकालो लागेको तथ्यांकले देखाएको हो । ख्वप तीलगंगा आँखा अस्पतालले राखेको तथ्यांकअनुसार यहाँं आउने बिरामीहरूको संख्या निरन्तर बढ्दो छ । अस्पतालले सन् २०१८ बाट सेवा सुरु गरेको थियो ।  

सेवा सञ्चालनको पहिलो वर्षमा यहाँ २० हजार ४२७ जनाले सेवा लिएका थिए । त्यसको अर्को वर्ष अर्थात् सन् २०१९ मा बढेर २५ हजार ७९४ जनाले सेवा लिए । त्यसपछि दुई वर्ष भने घटेको देखिएको छ । कोरोनाका कारण ती वर्षमा बिरामी आउने क्रम घटेको जनाइएको छ । 

सन् २०२० मा ११ हजार ६९१ जनाले सेवा पाए । यस्तै सन् २०२१ म २० हजार ८९ जनाले सेवा पाए । त्यसपछि भने निरन्तर बढ्दो छ । यसरी सन् २०२२ मा बढेर २५ हजार ५७३ जना सेवाग्राही अस्पताल आए । साथै फेरि बढेर सन् २०२३ को ११ महिनाभित्रमा पनि २९ हजार ७९४ जना सेवा लिन अस्पताल पुगे । 

ख्वप तीलगंगा आँंखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले यो अस्पताल अरु अस्पताल जस्तो नाफाको लागि नभई सेवाका लागि रहेकाले तुलनात्मक रुपमा कम शुल्कमा सेवा प्रदान गर्दै आइरहेको सुनाए । काठमाडौंको तीलगंगा आँखा अस्पताल भन्दा कम शुल्कमा आफूहरूले सेवा दिइरहेको उनको भनाई थियो ।  

तीलगंगा आँखा अस्पतालका डा मोहनकृष्ण श्रेष्ठले भक्तपुरका जनतालाई आँखा उपचारको सेवा दिन भक्तपुर नगरपालिकासँग मिलेर काम गरिरहेको जानकारी गराए । त्यसकारण यहाँंको नाम ख्वप तीलगंगा आँंखा अस्पताल राखेर कम शुल्कमा सेवा दिइरहेको जानकारी उनले गराए । 

प्रकाशित मिति : १२ पुस २०८०, बिहीबार  ५ : ०९ बजे

‘विवेकपूर्ण ढङ्गले राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्नु उपयुक्त हुन्छ’

काठमाडौं- लामो सङ्घर्षपछि जननिर्वाचित संविधानसभाबाट संविधान जारी भएको आज ११

दक्षिण सुडानमा ६ लाख ६१ हजारभन्दा बढी शरणार्थी, ७५ प्रतिशत महिला र बालबालिका

जुबा- दक्षिण सुडानले देशभरका ३१ स्थानमा ६ लाख ६१ हजार ५२९

कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह

कर्णाली– कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णालीको विकासमा केन्द्रित हुन

‘संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक गणतन्त्र बलियो हुन्छ’

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक

रूपन्देहीबाट ८३ फरार प्रतिवादी पक्राउ, फैसला कार्यान्वयनमा जोड

रूपन्देही– जिल्ला प्रहरी कार्यालय रूपन्देहीले अदालतको फैसला कार्यान्वयनका क्रममा गत