वर्ष २०२३ : बलिउडको सबैभन्दा फ्लप फिल्म कंगनाको ‘तेजस’ « Khabarhub

वर्ष २०२३ : बलिउडको सबैभन्दा फ्लप फिल्म कंगनाको ‘तेजस’


१२ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बलिउडको यो वर्ष शाहरुख खानको कमब्याकको वर्ष रह्यो । यो वर्ष शाहरुख खानले मात्र कमब्याक गरेनन्, संकटापन्न बलिउडकै पनि कमब्याक गराए । शाहरुख खानको ‘पठान’अघि सलमान खान र आमिर खान, अक्षय कुमार न रनवीर कपुर कसैका पनि फिल्मले दर्शक हलमा बोलाउन सकेको अवस्था थिएन ।  तर ‘पठान’ पछि साना ठूला सबै फिल्मले राम्रो व्यापार गरे । 

तर यति हुँदाहुँदै पनि बलिउडमा यो साल चलेकै स्टारका फिल्मको भने बिजोग पनि देखियो । फिल्मको यस्तो बिजोग देखियो कंगना रनावतको । उनी अभीनित ‘तेजस’ले विश्वभरबाट मुस्किलले ५ करोड कमायो तर यसको लगानी नै ५० करोड माथि थियो । 

खराब फिल्मको सूचीमा समीक्षकले यो साल ‘आदिपुरुष’ ‘सेल्फी’ ‘टिकु वेड्स सेरु’आदिलाई पनि राखेका छन् । तर यी फिल्मले दर्शक रुचिको मनस्थिति इंगित गर्ने आइएमडीबीमा ठीकठाकै अंक पाएका छन् । यी सबमा पहिलो नम्बर पाएको छ अर्जुन कपुर र भूमि पेडेनेकर अभीनित ‘लेडी किलर’ले । यो फिल्मले यो साल रिलिज भएका बलिउड फिल्ममध्ये आइएमडीबीमा सबैभन्दा कम रेटिङ पाएको छ ।

आइएमडीबीमा यो फिल्मलाई दर्शकले १० मा जम्मा १.५ रेटिङ दिएका छन् । यता मात्र होइन , यो फिल्मले बक्स अफिसमा पनि लाजमर्दो व्यापार गरेको थियो । यो फिल्मले बक्स अफिसमा जम्मा ३८ हजार भारुको व्यापार गरेको थियो भने यो फिल्मको जम्मा २ सय ९३ वटा टिकट बिक्री भएको थियो । वर्षको खराब फिल्मको नाम लिनु पर्दा अहिले ढुक्कले यही फिल्मको नाम लिने गरेका छन् । 

प्रकाशित मिति : १२ पुस २०८०, बिहीबार  ५ : ३७ बजे

दोलखामा गर्माउँदै चुनावी माहौल, कांग्रेसका शिवाकोटीलाई पहिलो अवर

दोलखा– दोलखामा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको सरगर्मी

माछापालनबाट मनग्य आम्दानी गर्दै कृषक चौधरी

कैलाली– यहाँको कैलारी गाउँपालिका-५ गोबरेलाका किसान सनोज चौधरीले माछापालन व्यवसायबाट

जब सुदन गुरुङले भीमसेन थापालाई ‘मतियार’ भने…

काठमाडौं- गत भदौ २३ गते माइती घरबाट जेन-जी आन्दोलन सुरू

फागुन पहिलो सातादेखि मतदाता शिक्षा कार्यक्रम

दमौली– फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित

भारतमा निपाह बढ्दै गएपछि नेपालले जारी गर्‍यो आपतकालीन स्वास्थ्य निर्देशिका

काठमाडौं– भारतका केही राज्यमा निपाह भाइरसको संक्रमण बढ्दै जाँदा नेपालमा