नेपालगञ्जका घर 'मेट्रिक' प्रणालीमा | Khabarhub Khabarhub

नेपालगञ्जका घर ‘मेट्रिक’ प्रणालीमा


१२ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– नेपालगञ्ज उपमहानगरपालिकामा ‘मेट्रिक’ घर नम्बर प्रणाली आजदेखि सुरु भएको छ । 

नेपालगञ्ज–१२ बीपी चोकमा ‘विपी मार्ग रोड नेम प्लेट’ को शुभारम्भ गर्दै नगरप्रमुख प्रशान्त विष्टले मेट्रिक घर प्रणाली सुरु गरेका हुन् । रोड नेम प्लेटको शुभारम्भपछि नगरप्रमुख विष्ट र उपप्रमुख कमरुद्दिन राईले उपमहानगरपालिका कार्यालयमा घर नम्बर प्लेट राखेर अभियानको सुरुवात गरेका थिए ।

पहिलो चरणमा वडा नं १२ का ५० घरमा परीक्षणका रूपमा नम्बर प्लेट राखिने उपमहानगरपालिकाका इन्जिनियर चन्दनराज दासले जानकारी दिए । पहिलो चरणमा परीक्षणका रुपमा घर नम्बर प्लेट राख्न सुरु गरिएको उल्लेख गर्दै दासले वडा नं १ देखि २३ का सबै घरलाई मेट्रिक घर नम्बर प्रणालीमा जोड्ने लक्ष्य रहेको बताए । चालू आर्थिक वर्षमा वडा नम्बर १ का लागि रु १० लाख बजेट विनियोजन गरिएको छ ।

सो प्रणालीमा मूल सडकको मुख्य विन्दुदेखि मिटर ९दूरी० का हिसाबले घरमा ‘नम्बरिङ’ गरिन्छ । मूल सडकको मुख्य विन्दुदेखि जति दूरी ९मिटर०मा घर अवस्थित छ, त्यति नै नम्बर उक्त घरलाई दिइनेछ । मुख्य विन्दुदेखि दायाँतिर जोड नम्बर र बायाँतिर बिजोर नम्बर राखिने दासले जानकारी दिए । 

मेट्रिक घर नम्बर प्रणालीमा सफ्टवेयरमा घरको फोटो, घरधनीको नाम, कित्ता नम्बरलगायत सामाजिक, आर्थिक तथ्यांक प्रविष्ट गरिएको बताइएको छ । ‘परीक्षणका रूपमा जापान अन्तर्राष्ट्रिय सहयोग नियो (जिआइजेड) ले हामीलाई उपलब्ध गराएको सफ्टवेयरमा घरको डाटा इन्ट्री गरेपश्चात दोस्रो चरणमा नम्बर प्लेट राख्छौँ’, इञ्जिनीयर दासले भने , ‘यो प्रणाली सुरु भएपछि नागरिक (सेवाग्राही) को घर–घर जानुपर्दैन, आवश्यक सूचना सफ्टवेयरबाटै लिन सकिन्छ ।’

नेपालगञ्जमा पहिलो चरणमा १० ठाउँमा रोड नेम प्लेट राखिनेछ । हाललाई कौशल्या मार्ग, विपी मार्ग, इदगाहा मार्ग, प्रगतिनगर मार्ग, आदर्शनगर मार्ग, कर्मशा मार्ग, शीतलनगर मार्ग, कस्तुरी मार्ग, बागेश्वरी मार्ग र खजुरा रोड  नामका रोड नेम प्लेट राखिने उपमहानगरपालिकाले जनाएको छ ।

नगरप्रमुख विष्टले नगरलाई ‘डिजिटलाइज’ गर्ने अभियानमा लागिपरेको बताउँदै नागरिक–स्थानीय सरकारबीच सहज पहुँचका लागि घर नम्बर प्रणाली लागू गरिएको उल्लेख गरे । नगरको एकीकृत दिगो विकास र समृद्धिका लागि उपमहानगरपालिकाले थुप्रै योजना अघि सारेको जनाउँदै विष्टले प्रविधिको उच्चतम् प्रयोग गरेर अघि बढ्ने लक्ष्य भएको बताउनुभयो । उपप्रमुख राईले यसबाट हरेक घरको जानकारी उपमहानगरपालिकालाई हुने हुँदा सहज हुने बताए । 

प्रकाशित मिति : १२ पुस २०८०, बिहीबार  ६ : ३६ बजे

बाँकेको जमुनाहा नाका तीन दिन बन्द हुने

नेपालगञ्ज – बाँकेको नेपाल–भारत जमुनाहा नाका तीन दिनका लागि बन्द

कांग्रेसले मागेको छानबिन समिति होइन, सरकार हो : एमाले 

काठमाडौं– नेकपा एकालेका प्रमुख सचेतक महेश बर्तौलाले नेपाली कांग्रेसले गृहमन्त्रीमाथि

प्रधानमन्त्रीसँग यादव असन्तुष्ट, उपप्रधानमन्त्री बन्न सक्छन् राई

काठमाडौं– जनता समाजवादी पार्टी नेपाल (जसपा) विभाजनपछि केन्द्र सरकारमा पनि

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न माग

रुपन्देही – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग सिद्धार्थ उद्योग वाणिज्य

आगामी बजेट दलितमैत्री बनाउन माग

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग दलित समुदायका नेताहरुले