नागरिकता प्रमाणपत्र लिन रवि पुगे जिल्ला प्रशासन कार्यालयमा « Khabarhub

नागरिकता प्रमाणपत्र लिन रवि पुगे जिल्ला प्रशासन कार्यालयमा


१५ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रवि लामिछाने नेपाली नागरिकता प्रमाणपत्र लिन जिल्ला प्रशासन कार्यालय काठमाडौँमा पुगेका छन् ।

अमेरिकाको नागरिकता त्यागेपछि पुनः नेपाली नागरिकता नलिएको भन्दै सांसद तथा गृहमन्त्रीको पद गुमेपछि उनी आइतबार पुनः नेपाली नागरिकताको प्रमाणपत्र लिन जिल्ला प्रशासन कार्यालय काठमाडौँमा पुगेका हुन् ।

गत शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासको आदेशअनुसार सांसद पदमा गुमेको थियो । साथै राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद पनि उनले गुमाएका थिए । लगत्तै उनले उपप्रधानमन्त्री तथा गृहमन्त्रीबाट राजीनामा दिएका थिए।

यसपछि आइतबार समर्थकसहित उनी पुनः नेपाली नागरिकताको प्रमाणपत्र लिन प्रशासन कार्यालय काठमाडौँमा पुगेका हुन् । प्रशासन परिसरमा अहिले उनका समर्थकको भिड लागेको छ ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  १२ : ३४ बजे

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान

अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि, ४.७ प्रतिशत पुग्यो

क्यानबेरा– अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको

बालेन नेतृत्वको सरकारको ३ महिनामा थप १.५४ प्रतिशतले बढ्यो जीडीपी

काठमाडौं– राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को चौथो