महिला वडा सदस्यको सशक्तीकरणका लागि प्रशिक्षण आयोजना | Khabarhub Khabarhub

महिला वडा सदस्यको सशक्तीकरणका लागि प्रशिक्षण आयोजना


१५ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- महिला वडा सदस्यहरूको सशक्त आवाज र अर्थपूर्ण सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले दुई दिने प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको छ ।

ललितपुर महानगरपालिका र साथी संस्थाको संयुक्त आयोजनामा आजदेखि सुरु भएको कार्यक्रममा निर्वाचित वडा सदस्यहरूले स्थानीय सरकारका विधि, प्रक्रिया, तथा गतिविधिमा सहभागीका अनुभव, गरेका काम, अर्थपूर्ण सहभागिताको सुनिश्चितताका लागि व्यहोर्नुपरेका चुनौतीलगायत विषयमा छलफल भएको थियो ।

उद्घाटन सत्रमा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य डा‍ आरजु राणा देउवाले लामो राजनीतिक सङ्घर्षपछि जारी भएको नेपालको संविधानले महिला हक–अधिकारका सम्बन्धमा विभिन्न व्यवस्था गरेको बताइन् । साथै उनले अझै पनि समाजमा महिलाविरुद्ध हुने भेदभाव कायमै रहेको उल्लेख गर्दै भेदभाव हटाउनका लागि महिला सशक्तीकरणको आवश्यकता औँल्याइन् ।

कार्यक्रममा महानगरका प्रमुख चिरिबाबु महर्जनले संविधान र कानूनले राज्यका हरेक निकायमा महिला प्रतिनिधित्वको प्रावधान सुनिश्चित गरेको भए पनि अझै नेतृत्व तहमा र अर्थपूर्ण सहभागिताका लागि धेरै काम गर्न बाँकी रहेको बताए । साथै उनले छलफल उठेका विषयवस्तु र वडा सदस्यका अनुभव स्थानीय सरकारका लागि काम गर्ने सन्दर्भमा आगामी कार्यदिशा हुनसक्ने बताए ।

कार्यक्रममा महिलामाथि हुने सबै प्रकारका विभेदविरुद्धको महासन्धि सिडकी विज्ञ सदस्य वन्दना राणाले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै लैङ्गिक समानता प्रवर्द्धन, महिलाहरूको राजनीतिक सशक्तीकरण विषयमा धारणा व्यक्त गरेकी थिइन् ।

साथी संस्थाका अध्यक्ष सजनी आमात्यले पितृसत्तात्मक संरचना रुढीवादी सोच तथा आर्थिक स्रोतमा महिलाको पहुँच कम रहेको अवस्थामा महिलाको राजनीतिक सहभागिता पनि अर्थर्पूण हुन नसकेको बताउँदै महिलाको राजनीतिक सशक्तीकरणका लागि यस्ता कार्यक्रमले योगदान दिने अपेक्षा व्यक्त गरिन् ।

दुई दिनसम्म हुने कार्यक्रममा विभिन्न विज्ञहरूले महिला सशक्तीकरणका लागि फरक–फरक विषयमा प्रशिक्षण दिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ९ : २४ बजे

आजका समाचार : अन्तरिम सरकारमा ११ जनामात्रै मन्त्री, दलहरू पार्टी भवन बनाउने योजनामा र गाजामा इजरायली सेनाको व्यापक आक्रमण

कार्की सरकारमा ११ जनामात्रै मन्त्री हुनेअन्तरिम सरकारी प्रधानमन्त्री सुशीला कार्कीले

लुटिएका सामग्री फिर्ता नगरे कानुनी कारबाही गरिने

गण्डकी – ‘जेन-जी’ आन्दोलनका क्रममा पोखरा महानगरपालिका र मातहतका कार्यालयबाट

वीरगञ्ज महानगरमा एक अर्बभन्दा बढीको क्षति

वीरगञ्ज– जेन-जी आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीले वीरगञ्ज महानगरको

जेन-जी आन्दोलनमा भएको घटनाको छानबिन हुनुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर–कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले जेनजी आन्दोलनमा भएको घटनाको

रविलाई जेलभित्रै राखेर रास्वपा महाधिवेशनको तयारी

काठमाडौं– अन्तरिम सरकारले अगामी फागुन २१ गते निर्वाचन हुने मिति