महिला वडा सदस्यको सशक्तीकरणका लागि प्रशिक्षण आयोजना « Khabarhub

महिला वडा सदस्यको सशक्तीकरणका लागि प्रशिक्षण आयोजना


१५ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- महिला वडा सदस्यहरूको सशक्त आवाज र अर्थपूर्ण सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले दुई दिने प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको छ ।

ललितपुर महानगरपालिका र साथी संस्थाको संयुक्त आयोजनामा आजदेखि सुरु भएको कार्यक्रममा निर्वाचित वडा सदस्यहरूले स्थानीय सरकारका विधि, प्रक्रिया, तथा गतिविधिमा सहभागीका अनुभव, गरेका काम, अर्थपूर्ण सहभागिताको सुनिश्चितताका लागि व्यहोर्नुपरेका चुनौतीलगायत विषयमा छलफल भएको थियो ।

उद्घाटन सत्रमा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य डा‍ आरजु राणा देउवाले लामो राजनीतिक सङ्घर्षपछि जारी भएको नेपालको संविधानले महिला हक–अधिकारका सम्बन्धमा विभिन्न व्यवस्था गरेको बताइन् । साथै उनले अझै पनि समाजमा महिलाविरुद्ध हुने भेदभाव कायमै रहेको उल्लेख गर्दै भेदभाव हटाउनका लागि महिला सशक्तीकरणको आवश्यकता औँल्याइन् ।

कार्यक्रममा महानगरका प्रमुख चिरिबाबु महर्जनले संविधान र कानूनले राज्यका हरेक निकायमा महिला प्रतिनिधित्वको प्रावधान सुनिश्चित गरेको भए पनि अझै नेतृत्व तहमा र अर्थपूर्ण सहभागिताका लागि धेरै काम गर्न बाँकी रहेको बताए । साथै उनले छलफल उठेका विषयवस्तु र वडा सदस्यका अनुभव स्थानीय सरकारका लागि काम गर्ने सन्दर्भमा आगामी कार्यदिशा हुनसक्ने बताए ।

कार्यक्रममा महिलामाथि हुने सबै प्रकारका विभेदविरुद्धको महासन्धि सिडकी विज्ञ सदस्य वन्दना राणाले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै लैङ्गिक समानता प्रवर्द्धन, महिलाहरूको राजनीतिक सशक्तीकरण विषयमा धारणा व्यक्त गरेकी थिइन् ।

साथी संस्थाका अध्यक्ष सजनी आमात्यले पितृसत्तात्मक संरचना रुढीवादी सोच तथा आर्थिक स्रोतमा महिलाको पहुँच कम रहेको अवस्थामा महिलाको राजनीतिक सहभागिता पनि अर्थर्पूण हुन नसकेको बताउँदै महिलाको राजनीतिक सशक्तीकरणका लागि यस्ता कार्यक्रमले योगदान दिने अपेक्षा व्यक्त गरिन् ।

दुई दिनसम्म हुने कार्यक्रममा विभिन्न विज्ञहरूले महिला सशक्तीकरणका लागि फरक–फरक विषयमा प्रशिक्षण दिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ९ : २४ बजे

झापामा असिनापानीले कृषि क्षेत्रमा तीन अर्बको क्षति

झापा – फागुनको अन्तिम सातायता झापामा पटक–पटक आएको हावाहुरी र

कञ्चनपुर कारागारबाट १६ कैदीबन्दी स्थानान्तरण

महेन्द्रनगर– महेन्द्रनगरस्थित कञ्चनपुर कारागारबाट १६ कैदीबन्दीलाई बाँकेको नौबस्ता कारागार स्थानान्तरण

आजका समाचार : ओली-लेखक छुटे, चौध दिनमै श्रममन्त्रीको जागिर गयो, उपसभामुखमा रुबी ठाकुर पक्का र लेबनानमा इजरायलको नरसंहार

दीपक साहलाई हटाएपछि प्रधानमन्त्रीले सम्हाले श्रममन्त्रीको जिम्मेवारीराष्ट्रपति रामचन्द्र पौडेलले श्रम,

मदनभण्डारी राजमार्ग : १३ हजार रूख कटान

झापा– राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने रूख कटानको

विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या

नेपालगञ्ज– बाँकेका सबै स्थानीय तहमा विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या