एपिएफ क्लबलाई हराउँदै लुका सकर विराट गोल्डकपको फाइनलमा « Khabarhub

एपिएफ क्लबलाई हराउँदै लुका सकर विराट गोल्डकपको फाइनलमा


१५ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

मोरङ- साविक विजेता सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई हराउँदै भारत केरलाको लुका सकर क्लब सातौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

विराटनगरस्थित सहिद रङ्गशालामा गए राति सम्पन्न भएको सेमिफाइनल खेलमा एपिएफलाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै लुका सकर फाइनलमा प्रवेश गरेको हो । लुका सकरको तर्फबाट चाल्र्स, रफि, अर्सद र पलले गोल गरेका थिए । यस्तै एपिएफको तर्फबाट दिपेश धिमाल र सविन गुरूङले गोल गरे ।

निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटमा दुवै टोलीले गोलरहित खेल खेलेपछि छिनोफानो टाइब्रेकरबाट भएको हो । खेलको म्यान अफ द म्याच लुका सकरका गोलकिपर महमद सरफिर घोषित भए । उनले रु ११ हजार पुरस्कार प्राप्त गरे । यही चैत १६ गते हुने फाइनलमा लुका सकरले विराटनगर सिटीसित खेल्नेछ ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ६ : ४७ बजे

एमाले महाधिवेशनमा ओलीलाई ईश्वरको चुनौती, नेतृत्वका लागि आज मतदान

काठमाडौं – नेकपा (एमाले) ११ औँ राष्ट्रिय महाधिवेशनमा आज नयाँ

निर्वाचन ७९ दिन बाँकीः समानुपातिकतर्फ १४ राजनीतिक दल सहभागी नहुने

काठमाडौं – नेपालको संविधानले मिश्रित निर्वाचन प्रणाली अङ्गीकार गरेको छ

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस १ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस १ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १ गते मंगलबार तदनुसार