पदम लिम्बुलाई शहीद घोषणा गरी परिवारलाई क्षतिपूर्ति दिन जसपाको माग « Khabarhub

पदम लिम्बुलाई शहीद घोषणा गरी परिवारलाई क्षतिपूर्ति दिन जसपाको माग


१५ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जनता समाजवादी पार्टीले कोशी प्रदेश नामकरणको विरोधमा भएको आन्दोलनमा ज्यान गुमाएका पदम लिम्बुलाई शहीद घोषणा गरी परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ ।

५ चैतमा विराटनगरमा भएको प्रदर्शनका क्रममा प्रहरीको लाठी चार्जबाट टाउकोमा चोट लागि गम्भीर घाइते भएका लिम्बुको उपचारका क्रममा १० चैतमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो । उनलाई शहीद घोषणा गर्न भन्दै जसपा प्रवक्ता मनिस सुमनले मंगलबार एक विज्ञप्ति जारी गरेका हुन्।

साथै उनले आन्दोलनमा घाइते भएकाहरुको उचित स्वास्थ्य उपचारको व्यवस्था मिलाउन पनि सरकारसमक्ष माग गरेका छन् ।

हेर्नुस् विज्ञप्ति

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ७ : ४८ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज