तरकारी र फलफूलको आजको मूल्य कति? « Khabarhub

तरकारी र फलफूलको आजको मूल्य कति?


१५ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी र फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँ, हरियो अंगुर १२० रुपैयाँ, अनार २५० रुपैयाँ र आभोकाडो ५०० रुपैयाँ, अमला १०० रुपैयाँ, किवि ४०० रुपैयाँ र अम्बा २०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

समितिका अनुसार नेपाली ठूलो गोलभेँडा ५० रुपैयाँ, अदुवा ११० रुपैयाँ, रातो आलु २३ रुपैयाँ, सेतो आलु १८ रुपैयाँ रहेको छ भने स्थानीय काउली ५० रुपैयाँ, कागती २६० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ र हरियो खुर्सानी १०० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ३० रुपैयाँ, गान्टे मूला ७० रुपैयाँ, गुन्द्रुक २५० रुपैयाँ, राजमा घिउ सिमी ११० रुपैयाँ, चमसूरको साग ११० रुपैयाँ, कन्य च्याउ १८० रुपैयाँ, डल्ले च्याउ २८० रुपैयाँमा किनबेच भइरहेको छ भने तितो करेला ११० रुपैयाँ, तोरीको साग ४० रुपैयाँ, लोकल परवर ९० रुपैयाँ, भारतीय सुकेको प्याज ३३ रुपैयाँ, हरियो प्याज ५० रुपैयाँ, पुदीना १५० रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ, फर्सी ४० रुपैयाँ केजी कायम गरिएको छ ।

ब्रोकाउली ९० रुपैयाँ, भान्टा लाम्चो ५० रुपैयाँ, भिण्डी १३० रुपैयाँ केजी, मूला रातो ५० रुपैयाँ, रुख टमाटर १३० रुपैयाँ, रुख कटहर ९० रुपैयाँ, भुईँ कटहर १८० रुपैयाँमा खरिदबिक्री भइरहेको छ भने चाइनिज सुकेको लसुन १७० रुपैयाँ, लौका ५० रुपैयाँ र हरियो धनियाँ ३० रुपैयाँ पाइने समितिले जनाएको छ ।

यसैगरी, ताजा छडी माछा प्रतिकेजी २८० रुपैयाँ, बचुवा माछा २६० रुपैयाँ साथै मंगुरी माछा ३२० रुपैयाँ र रहु माछा ३३० रुपैयाँमा किनबेच भइरहेको छ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  १० : ३४ बजे

चालु आवमा ६७ करोड ५० लाखको धान खरिद गरिने

काठमाडौं – सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता

बनेपा – सेवाग्राहीलाई प्राथमिकताका आधारमा सहज र छिटो सेवा उपलब्ध

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–६ डुम्रीडाँडामा आज साँझ बोलेरो जिप

‘विद्युत् व्यापारका लागि भारत भ्रमणमा दीर्घकालीन सम्झौता आवश्यक’

हामीसँग जे छ, जतिवेला छ, त्यसलाई त्यतिवेला नै व्यापार (ट्रेड)