सहमति जुटेन गठबन्धनमा, फेरि तीन बजे बस्ने « Khabarhub

सहमति जुटेन गठबन्धनमा, फेरि तीन बजे बस्ने


१५ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सत्तारुढ गठबन्धनले मन्त्रिपरिषद् विस्तारमा सहमति जुटाउन सकेको छैन ।

मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालय भागबन्डा गर्न आज बिहान बसेको गठबन्धन बैठक बिनानिष्कर्ष टुंगिएको छ ।

मंगलबार बेलुकी दुई घण्टा बसेको बैठक निष्कर्षविहीन भएपछि आज बिहानलाई बोलाइएको थियो । आजको बैठकमा पनि सहमति नजुटेपछि दिउँसो ३ बजे फेरि बैठक बस्नेगरी सकिएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको बैठकमा मन्त्रालय भागबन्डासहित सरकारले ल्याउने न्यूनतम साझा कार्यक्रमसहितका विषयमा छलफल भएको एक नेताले बताएका छन् ।

बिहानको बैठकमा सरकारले ल्याउने न्यूनतम साझा कार्यक्रमबारे दलहरुले अध्ययन सुझाव राखेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत १० गतेभित्र मन्त्रीपरिषद् बिस्तार गर्ने भने पनि गठबन्धनका दलहरुले हैसियतभन्दा बढी मन्त्री मागेपछि सरकारले पूर्णता पाउन सकेको छैन । अबको एक-दुई दिनमा मन्त्रीपरिषद् विस्तारको तयारी गरिएको छ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  १२ : ३५ बजे

माघे संक्रान्तिमा मगर समुदायको झाँकी र र्‍याली (तस्बिरहरू)

काठमाडौं- आज माघे सङ्क्रान्ति । माघे सङ्क्रान्ति नेपाली समाजमा गहिरो

ग्रिनल्यान्डमा युरोपेली सैन्य तैनाथी सुरु

एजेन्सी– खनिज–सम्पन्न तथा रणनीतिक रूपमा महत्त्वपूर्ण आर्कटिक टापु ग्रिनल्यान्डलाई लिएर

एकीकृत स्वास्थ्य सूचनामा आम नागरिकको पहुँचमा जोड

काठमाडौं– नेपालमा छरिएर रहेका स्वास्थ्य सूचना तथा तथ्यांकहरुलाई एकीकृत गर्ने

कांग्रेस नेता हृदयराम थानीले आगामी चुनाव नलड्ने

काठमाडौं– नेपाली कांग्रेसका नेता हृदयराम थानीले आगामी फागुन २१ गते

पर्यटकीय गन्तव्य बन्दै रसुवा, छ महिनामा ३२ हजार बढीले गरे भ्रमण

रसुवा– हिमाली जिल्ला रसुवामा पछिल्लो छ महिनामा ३२ हजार ६७२