पशुपतिनाथ मन्दिर परिसरमा आजदेखि प्लास्टिकजन्य सामग्री लैजान निषेध « Khabarhub

पशुपतिनाथ मन्दिर परिसरमा आजदेखि प्लास्टिकजन्य सामग्री लैजान निषेध


१५ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पशुपतिनाथ मन्दिर परिसरमा आजदेखि प्लास्टिकजन्य सामग्री लैजान निषेध गरिएको छ ।

पशुपति क्षेत्र विकास कोषले आज एक सूचना प्रकाशित गरी पशुपति क्षेत्रमा फोहोर बढ्दै गएको जनाउँदै मन्दिर परिसरमा प्लाष्टिकजन्य सामाग्री लैजान निषेध गरिएको हो ।

‘प्लास्टिकजन्य सामग्रीका कारण पवित्र पाशुपत क्षेत्र बढी फोहोरयुक्त देखिएकाले प्लास्टिकजन्य सामग्री यस क्षेत्रमा नल्याइदिन तथा स्वच्छ पशुपति सफा पशुपति अभियान सफल बनाउन हामी सबै जुटौं’ कोषले भनेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तीन महिना देखी हरेक शनिबार पशुपति क्षेत्रमा सरसफाइ अभियान चलाउँदै आएको छ । उक्त सरसफाइ अभियान शनिबार बिहान ८ देखि १० बजेसम्म चल्दै आएको र उक्त अभियानमा सहभागी हुनसमेत कोषले आग्रह गरेको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ४ : ०१ बजे

भन्सार शुल्कमार्फत अमेरिकी व्यापार नीतिमा परिवर्तनको प्रयास

एजेन्सी– सन् २०२५ मा पुनः राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि डोनाल्ड ट्रम्पले

विधायन व्यवस्थापन समितिबाट पर्यटन विधेयक पारित

काठमाडौं– राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले पर्यटन विधेयक पारित गरेको

एक्सन फिल्म ‘परिवर्तन’ हेर्न १६ वर्ष मुनिका दर्शकलाई अभिभावक साथ चाहिने

काठमाडौं – माघ ९ बाट प्रदर्शनमा आउन लागेको एक्सन फिल्म

अन्तर्राष्ट्रिय तेल बजारमा गिरावट, विश्वव्यापी लगानीकर्तामा अनिश्चितता

एजेन्सी– एशियाली शेयर बजारमा बुधबार प्रायः गिरावट देखिएको छ । अमेरिकी

दोलखाका उम्मेदवारलाई गिजाइरहेका बेवारिसे योजना  

दोलखा– पछिल्लो एक दशकको अवधिमा दुई वटा निर्वाचन सम्पन्न भएर