बेलायती नरेश चार्ल्स तृतीय जर्मनीको तीन दिने राजकीय भ्रमणमा « Khabarhub

बेलायती नरेश चार्ल्स तृतीय जर्मनीको तीन दिने राजकीय भ्रमणमा


१५ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बेलायती नरेश चार्ल्स तृतीय जर्मनीको तीन दिने राजकीय भ्रमणका क्रममा बर्लिन पुगेका छन् । देशको राजसिंहासन सम्हालेपछि चार्ल्स पहिलो पटक विदेश यात्रामा निस्केका हुन् । उनका साथै रानी क्यामिला पनि जर्मनी भ्रमणमा छिन् ।

यसअघि बेलायतका राजाले फ्रान्सको भ्रमण गर्ने कार्यक्रम निर्धारण भएको थियो । तर, फ्रान्स सरकारले अघि सारेको निवृत्तिभरणसम्बन्धी विधेयकलाई लिएर राष्ट्रव्यापी विरोध प्रदर्शन भएका कारण उनको फ्रान्स भ्रमण स्थगित भएको थियो ।

बेलायती राजाको भ्रमणका क्रममा बर्लिनका विभिन्न भागमा बेलायतका झण्डा फहराइएका छन् । बेलायतका राजदम्पत्तिलाई जर्मनीका राष्ट्रपति फ्रान्क भाल्टर स्टेनमेयर र प्रथम महिला एल्के बुडेनबेन्डरले स्वागत गरेका छन् ।

नजिकका छिमेकी मुलुकको भ्रमण गर्ने राजाको निर्णयअनुसार चार्ल्सले जर्मनीको भ्रमण गरेका हुन् । जर्मनीका राष्ट्रपति फ्रान्क वाल्टर स्टेनमेयरले बेलायतका राजाको भ्रमणलाई दुई देश र जनताबीचको घनिष्ठ एवम् हार्दिक मैत्रीको प्रतीकको संज्ञा दिएका छन् ।

महारानी एलिजाबेथले सन् १९६५ मा जर्मनीको औपचारिक भ्रमण गरेकी थिइन् । पुँजीवादी पश्चिम र कम्युनिष्ट पूर्व जर्मनी विभाजित भएका बेला भएको उक्त भ्रमणलाई पारस्परिक मेलमिलापका रूपमा लिइएको थियो ।

राजा चार्ल्सले बिहीबार चान्सलर ओलाफ शोल्जसँग भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसअघि राजदम्पति बेल्लेभ्यु प्यालेसमा आयोजना हुने रात्रिभोजमा सहभागी हुनेछन् ।

राजा चार्ल्सले बिहीबार जर्मनीको सङ्घीय संसद्लाई सम्बोधन गर्ने कार्यक्रम छ । साथै उनले हालै युक्रेनबाट आएका शरणार्थीलाई पनि भेट्ने कार्यक्रम रहेको जनाइएको छ । उत्तरी बन्दरगाह शहर ह्याम्बर्गमा नवीकरणीय ऊर्जा परियोजनाको अवलोकन गरेर राजदम्पति शुक्रबार स्वदेश फर्कनेछन् ।

बेलायतको राजपरिवारले जर्मनीसँगको सम्बन्धलाई उच्च महत्व दिएको जर्मनीको डार्मस्टाड टेक्निकल युनिभर्सिटीका समाजशास्त्रका प्राध्यापक माइकल हार्टम्यान बताउँछन् । गत वर्ष महारानी एलिजाबेथ द्वितीयको निधन भएपछि पनि बेलायतप्रति जर्मनीको आकर्षण कम नभएको उनले बताए ।

बर्लिनस्थित बेलायतको राजदूतावासका अनुसार राजसिंहासन सम्हाल्नुअघि युवराज चार्ल्सले ४० पटक जर्मनीको भ्रमण गरेका थिए । त्यसबेला उनले बेलायत जर्मनीको साथी,सहयोगी र साझेदार रहने बताएका थिए ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ६ : ३३ बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा