बेलायती नरेश चार्ल्स तृतीय जर्मनीको तीन दिने राजकीय भ्रमणमा « Khabarhub

बेलायती नरेश चार्ल्स तृतीय जर्मनीको तीन दिने राजकीय भ्रमणमा


१५ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बेलायती नरेश चार्ल्स तृतीय जर्मनीको तीन दिने राजकीय भ्रमणका क्रममा बर्लिन पुगेका छन् । देशको राजसिंहासन सम्हालेपछि चार्ल्स पहिलो पटक विदेश यात्रामा निस्केका हुन् । उनका साथै रानी क्यामिला पनि जर्मनी भ्रमणमा छिन् ।

यसअघि बेलायतका राजाले फ्रान्सको भ्रमण गर्ने कार्यक्रम निर्धारण भएको थियो । तर, फ्रान्स सरकारले अघि सारेको निवृत्तिभरणसम्बन्धी विधेयकलाई लिएर राष्ट्रव्यापी विरोध प्रदर्शन भएका कारण उनको फ्रान्स भ्रमण स्थगित भएको थियो ।

बेलायती राजाको भ्रमणका क्रममा बर्लिनका विभिन्न भागमा बेलायतका झण्डा फहराइएका छन् । बेलायतका राजदम्पत्तिलाई जर्मनीका राष्ट्रपति फ्रान्क भाल्टर स्टेनमेयर र प्रथम महिला एल्के बुडेनबेन्डरले स्वागत गरेका छन् ।

नजिकका छिमेकी मुलुकको भ्रमण गर्ने राजाको निर्णयअनुसार चार्ल्सले जर्मनीको भ्रमण गरेका हुन् । जर्मनीका राष्ट्रपति फ्रान्क वाल्टर स्टेनमेयरले बेलायतका राजाको भ्रमणलाई दुई देश र जनताबीचको घनिष्ठ एवम् हार्दिक मैत्रीको प्रतीकको संज्ञा दिएका छन् ।

महारानी एलिजाबेथले सन् १९६५ मा जर्मनीको औपचारिक भ्रमण गरेकी थिइन् । पुँजीवादी पश्चिम र कम्युनिष्ट पूर्व जर्मनी विभाजित भएका बेला भएको उक्त भ्रमणलाई पारस्परिक मेलमिलापका रूपमा लिइएको थियो ।

राजा चार्ल्सले बिहीबार चान्सलर ओलाफ शोल्जसँग भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसअघि राजदम्पति बेल्लेभ्यु प्यालेसमा आयोजना हुने रात्रिभोजमा सहभागी हुनेछन् ।

राजा चार्ल्सले बिहीबार जर्मनीको सङ्घीय संसद्लाई सम्बोधन गर्ने कार्यक्रम छ । साथै उनले हालै युक्रेनबाट आएका शरणार्थीलाई पनि भेट्ने कार्यक्रम रहेको जनाइएको छ । उत्तरी बन्दरगाह शहर ह्याम्बर्गमा नवीकरणीय ऊर्जा परियोजनाको अवलोकन गरेर राजदम्पति शुक्रबार स्वदेश फर्कनेछन् ।

बेलायतको राजपरिवारले जर्मनीसँगको सम्बन्धलाई उच्च महत्व दिएको जर्मनीको डार्मस्टाड टेक्निकल युनिभर्सिटीका समाजशास्त्रका प्राध्यापक माइकल हार्टम्यान बताउँछन् । गत वर्ष महारानी एलिजाबेथ द्वितीयको निधन भएपछि पनि बेलायतप्रति जर्मनीको आकर्षण कम नभएको उनले बताए ।

बर्लिनस्थित बेलायतको राजदूतावासका अनुसार राजसिंहासन सम्हाल्नुअघि युवराज चार्ल्सले ४० पटक जर्मनीको भ्रमण गरेका थिए । त्यसबेला उनले बेलायत जर्मनीको साथी,सहयोगी र साझेदार रहने बताएका थिए ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ६ : ३३ बजे

ट्रम्पको धम्की : एपस्टिन टिप्पणीमा ग्रेमी होस्टविरुद्ध कानूनी कारबाही

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यौन अपराधी जेफ्री एपस्टिनमाथि टिप्पणी

चार करोड मूल्य बराबरको धान खरिद

महेन्द्रनगर– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, मधेस प्रदेश कार्यालय

अन्तराष्ट्रिय डेरी एक्स्पो २५ गतेदेखि भरतपुरमा आयोजना हुने

काठमाडौं– अन्तराष्ट्रिय डेरी एक्स्पो यहि माघ २५ गतेदेखि चितवनको भरतपुरमा

बागमतीका मुख्यमन्त्रीबारे जथाभावी बोलेपछि बाजुरामा रास्वपाका उम्मेदवार थापालाई स्पष्टीकरण

काठमाडौं- बाजुरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हेमराज थापालाई

नेपालको वर्तमान राजनीतिक चुनौती र भावी सम्भावित निकास

काठमाडौं-नेपालमा पछिल्लो समयमा राजनीतिक घटनाक्रमहरू तीव्रतर तहमा विकास भइरहेका छन्