जन्मँदै हातपाउ नभएकी लक्ष्मी कृत्रिम हातखुट्टा पाउँदा दङ्ग | Khabarhub Khabarhub

जन्मँदै हातपाउ नभएकी लक्ष्मी कृत्रिम हातखुट्टा पाउँदा दङ्ग


१५ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

झापा – मोरङको कटहरि–४ की १३ वर्षीया लक्ष्मी सहनीले आज जीवनमै पहिलोपल्ट खुट्टाले टेकेर हिँडेको अनुभव गर्न पाइन् । कृत्रिम खुट्टा टेकेरै भए पनि आफ्नै भरमा उभिएकी छोरी लक्ष्मीलाई देख्दा उनकी आमा सरिता सहनी भावविभोर भइन् ।

जन्मँदै लक्षमीका दुवै हात र दुवै खुट्टा थिएनन् । आमाको काखपछि जब आफैँ हिँड्ने उमेर भयो, उनले हिँड्नुको आनन्द कहिल्यै लिन सकिनन् । अर्कैको सहारामा उनले जिउनु प¥यो । आज उनलाई झापाको ब्रह्माण्ड अपाङ्ग, महिला, बचत तथा ऋण सहकारी संस्थाको पहलमा भारतको राजस्थानस्थित नारायण सेवा संस्थानले निःशुल्करूपमा कृत्रिम हातखुट्टा प्रदान ग¥यो । “अब म पनि हिँड्न सक्ने भएकी छु”, उनले हर्ष प्रकट गर्दै भनिन् ।

गाउँकै भगवती आधारभूत विद्यालयको कक्षा ४ मा अध्ययनरत लक्ष्मीलाई बोकेरै घरबाट लैजाने र ल्याउने गर्दै आउनुभएकी उनकी आमा सरिताले अब नयाँ हात र खुट्टा लगाएर स्कुल ओहोरदोहोर गर्न सक्ने आशा छ ।

नेपालमा हातखुट्टा नभएर कठिनाइपूर्ण जीवन व्यतित गरिरहेका शारीरिक अशक्तका लागि नारायण सेवा संस्थानको सहयोगमा आज मेचीनगर नगरपालिका–२ को बाहुनडाँगीमा शिविरको आयोजना गरी ९६ जनालाई एक सय आठ हातखुट्टा निःशुल्क वितरण गरेको ब्रह्माण्ड अपाङ्ग, महिला, बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सचिन निरौलाले बताए।

कृत्रिम हातखुट्टा पाउने कोशी र मधेस प्रदेशका विभिन्न जिल्लाका छन् । उनीहरूले गत माघ २१ गते बाहुनडाँगीमै आएर आफ्नो हातखुट्टाको नापजोख गराएका थिए । सोही आधारमा आज सबैलाई कृत्रिम हातखुट्टा वितरण गरिएको सहकारीका अध्यक्ष निरौलाले बताए ।

सुनसरीको खनारस्थित एउटा कारखानामा मेसिनले हात छिनाएपछि पाँचथरको मिक्लाजुङ–२ का ३३ वर्षीय डिगेश्वर आङ्देम्बेले विसं २०७६ देखि एउटा हात गुमाउनुपरेको थियो । उनले पनि आज कृत्रिम हात पाए । “यो कृत्रिम हातले मलाई मेरो काटिएर तीन वर्षअघि गएको अङ्ग फर्किएर आएको जस्तो आनन्द भइरहेको छ”, उनले नयाँ हात लगाएपछिको अनुभूति सुनाउँदै भने ।

भारतको सिक्किममा पहिरोमा परी देब्रे खुट्टा गुमाउनुभएका भद्रपुर नगरपालिका–३ का ६३ वर्षीय सञ्चराज लिम्बूले ११ वर्षपछि आफ्ना दुवै खुट्टाले टेकेर हिँड्न पाउँदा अपार खुसी लागेको बताए । “वैशाखीको भरमा नै अब जिन्दगी बित्छ होला भनेर निराश भएको थिएँ”, उहाँले खुट्टाका रूपमा जडान गरिएको सामग्री सुम्सुम्याउँदै भने, “भगवान्ले मेरो पुकार सुनेजस्तै लागेको छ । अब मेरो शरीरमा फेरि खुट्टा फर्किएको छ ।”

ब्रह्माण्ड अपाङ्ग, महिला, बचत तथा ऋण सहकारी संस्थाले प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरको उपस्थितिमा आज ९६ जनालाई एउटै कार्यक्रममा कृत्रिम खुट्टा वितरण गरेको हो । उपसभामुख रानामगरले शारीरिक अशक्त नागरिकलाई कृत्रिम हातखुट्टा वितरण गरेकामा भारतको नारायण सेवा संस्थानको प्रशंसा गर्दै भारत नेपालका लागि असल छिमेकी भएको बताए । शारीरिक अशक्तको सुरक्षा, शिक्षा, स्वास्थ्य, जीविका र सम्मानपूर्ण जीवनयापनका लागि राज्यले विशेष पहल गर्नुपर्नेमा उनको जोड थियो । “आज कृत्रिम हात र खुट्टा पाउनु हुने बुबाहरुको आँखामा हर्षको आँसुसँगै ओठमा मुस्कान देखेको छु”, उनले भने ।

आफू पनि विपन्न र ग्रामीण परिवेशमा हुर्किएर सङ्घर्ष गर्दै आजको अवस्थामा पुगेको हुँदा समाजमा शारीरिक अशक्तको पीडा र समस्या आफूलाई थाहा भएको उनले बताए । उपसभामुख रानामगरको हातबाट ह्वीलचियर ग्रहण गर्दा मेचीनगर–२ का वयोवृद्ध टेकनाथ भण्डारी खुशीले भक्कानिएका थिए । रुद्र गौरी ओली प्रतिष्ठानले भण्डारीलगायत चार शारीरिक अशक्तलाई ह्वीलचियर प्रदान गरेको थियो ।

मेचीनगर–१३ दुहागढीमा रहेको लुना मल कारखानामा २३ वर्षअघि कार्यरत रहँदा मेसिन दुर्घटनामा परी स्थानीय ६२ वर्षीय हेमलाल सापकोटाले दाहिने हात गुमाउनुपरेको थियो । आज उनले कृत्रिम हात लगाउन पाए ।

नेपालमा आएर कृत्रिम हातखुट्टा निःशुल्क वितरण गर्न पाएकोमा नारायण सेवा संस्थान भारतका प्रतिनिधि हरिप्रसाद लड्डाले खुसी प्रकट गरे । उहाँले मानवीय आधारमा संस्थानले हालसम्म चार लाखभन्दा बढी मानिसलाई कृत्रिम हातखुट्टा वितरण गरिसकेको जानकारी दिए ।

कृत्रिम हातखुट्टा बैंक स्थापना

ब्रह्माण्ड अपाङ्ग, महिला, बचत तथा ऋण सहकारी संस्था र हरिहर सत्सङ्ग धार्मिक विकास संस्थाले मेचीनगर–२ बाहुनडाँगीमा शारीरिक अशक्तका लागि आवश्यक पर्ने कृत्रिम हातखुट्टा, ह्वीलचियर र वैशाखीको बैंक स्थापना गरेका छन् । हरिहर सत्सङ्ग धार्मिक विकास संस्थाका अध्यक्ष मुकुन्द नेपालले दाताहरूको सहयोगमा प्राप्त सामग्री बैंकमा जम्मा गरिने र आवश्यकताका आधारमा सही व्यक्तिको पहिचान गरेर वितरण गरिने बताए ।

हालसम्म बैंकलाई सयौँ दाताले ह्वीलचियर र वैशाखी सहयोग गरिसक्नुभएको छ । दाताहरूमा वैदेशिक रोजगारीमा गएका र विदेशमै बसोबास गर्दै आएका नेपाली धेरै छन् । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले मानवीय सेवालाई मानिसले कोरेको राष्ट्रको सीमाले नछेक्ने उदाहरणको रूपमा भारतको नारायण सेवा संस्थानले नेपालमा आएर कृत्रिम हातखुट्टा वितरण गरेको भन्दै प्रशंसा गरे ।

कृत्रिम हातखुट्टाको बैंकका लागि नगरपालिकाले आवश्यक सबैखाले सहयोग पु¥याउने प्रतिबद्धता उनले व्यक्त गरे । बाहुनडाँगीमा कृत्रिम हातखुट्टा निर्माण गर्ने कारखाना सञ्चालन गर्नेतर्फ योजना बनाइरहेको ब्रह्माण्ड अपाङ्ग, महिला, बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष निरौलाले बताए ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ८ : ४४ बजे

आज २०८२ साल जेठ ६ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल जेठ ६ गते मंगलबार। जेठ

ओलीलाई जवाफ फर्काउँदै बालेनले भने : भ्रष्ट सिस्टमलाई समर्थन गर्दिनँ

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले प्रधानमन्त्री केपी

अचार बेचेरै मासिक ६० हजार कमाइ

कैलाली – यहाँका युवा व्यवसायी करन ऐरले धनगढी उपमहानगरपालिका–९ बङ्राकटानमा

‘साम्बा चोक’ नामाकरणपछि सावित्राले भनिन् : यो भन्दा ठूलो सम्मान के नै हुन्छ र ?

काठमाडौं – मर्स्याङ्दी गाउँपालिकाले आफ्नो नाममा चोकको नामाकरण गरेपछि नेपाली

पर्यटनमन्त्री पाण्डेले गरे हजयात्रीलाई बिदाइ

काठमाडौं — इस्लाम धर्मावलम्बीको पवित्र तीर्थस्थल साउदी अरेबियाको मक्का र