कोशी प्रदेशको नामकरण विवाद सल्टाउन छानबिन समिति गठन « Khabarhub

कोशी प्रदेशको नामकरण विवाद सल्टाउन छानबिन समिति गठन


१५ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नामकरणपछि तनावग्रस्त बनेको कोशी प्रदेशको स्थितिलाई सामान्य बनाउन गृह मन्त्रालयद्वारा गठित छानबिन समितिले आज यहाँ राय, सल्लाह र सुझाव लिने काम गरेको छ ।

कोशी प्रदेश नामकरणको विरुद्धमा लागेका समूह, राजनीतिक दल, मानव अधिकारवादी, सञ्चारकर्मी, गैरसरकारी संस्थाका प्रतिनिधि सहभागी रहेको सो बैठकमा आन्दोलन पक्षधरले आन्दोलनका क्रममा घाइते भई उपचारका क्रममा मृत्यु भएका पदमबहादुर लिम्बूलाई राज्यले सहिद घोषणा गर्नुपर्ने, प्रदेशको नाम खारेज हुनुपर्ने र पीडित परिवारलाई उचित सुविधा दिनुपर्ने माग राखेका छन् ।

प्रहरीले लिम्बू चैत ८ गते विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना भएको बताएको छ । तर आन्दोलनकारीहरूले चैत ५ गते नै घाइते भई उपचारका लागि प्रतिष्ठानमा भर्ना गराएको बताएका छन् । घाइते लिम्बूको चैत ८ गते अस्पतालमै मृत्यु भएको थियो ।

सोही विषयमा मङ्गलबार भएको आन्दोलनमा प्रहरीले नियन्त्रण बाहिर गएको आन्दोलन नियन्त्रणमा लिन १७ राउण्ड हवाई फायर र १३ सेल आश्रु ग्यास प्रहार गरेको थियो । बैठकमा आन्दोलनकारी समूहका भविराज लिम्बू, अर्जुन जङ्गली राई, ज्ञानबहादुर गुरुङ सहभागी थिए ।

नेकपा (एमाले) मोरङका वरिष्ठ उपाध्यक्ष बाबुराम गौतमले आन्दोलन शान्तिपूर्ण वातावरणमा हुनुपर्ने भन्दै कोशी नाम नाजायज नभएको र यसले सम्पूर्ण प्रदेशवासीको सभ्यतालाई झल्काएको बताए ।

कार्यक्रममा नेपाली कांग्रेस मोरङका कार्यवाहक सभापति भक्ति माझी, नेकपा (एकीकृत समाजवादी) का कविराज घिमिरे, इन्सेक मोरङका संयोजक सोमराज थापा, संवाद समूहका मोहम्मद कादिरलगायतले बोलेका थिए ।

गृह मन्त्रालयद्वारा गठित छानबिन समितिका संयोजक रामबन्धु सुवेदीको समुपस्थितिमा भएको सो कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले सहजीकरण गरेका थिए ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ९ : ४० बजे

केएल राहुलको विष्फोटक ब्याटिङ, २२६ रनको लक्ष्य पछ्याउँदै दिल्ली विजयी

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शुक्रबार राति सम्पन्न

आजको मौसम पूर्वानुमान : केही स्थानमा मेघगर्जनसहित वर्षा

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका

नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको सकियो

नवलपरासी – नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको दाउन्नेमा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – आज २०८३ साल वैशाख १९ गते शनिबार। जेठ

आज २०८३ साल वैशाख १९ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख १९ गते शनिबार। जेठ