खप्तड गोल्डकप : मनाङ फाइनल प्रवेश | Khabarhub Khabarhub

खप्तड गोल्डकप : मनाङ फाइनल प्रवेश


१५ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मनाङ मस्र्याङ्दी क्लब धनगढी रङ्गशालामा जारी ‘छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप २०७९ फुटबल प्रतियोगिता’ को फाइनलमा प्रवेश गरेको छ ।

आज भएको प्रतिस्पर्धामा क्यामरुनको एभिनियर फुटबल क्लबलाई ०–६ गोलले पराजित गर्दै मानाङ मस्याङ्दी फाइनल प्रवेश गरेको हो । नौ जना खेलाडी समावेश गरेर प्रतिस्पर्धामा उत्रिएको क्यामरुन फुटबल क्लबका दुई खेलाडीले खेल चलिरहँदा रेड कार्ड पाएपछि सात खेलाडीमा सीमित हुन पुगेको थियो । आवश्यक कागजात जुटाउन नसकेपछि क्यामरुनले आफ्ना नौ खेलाडीलाई मात्र प्रतिस्पर्धामा उतारेको थियो ।

मानाङको जितमा सायीजमलले ह्याट्रिक गोल गरे । खेलको १२औँ मिनेटमा मनाङका जीवन गुरुङले गोल गरेका थिए । पहिलो हाफमा १–० गोलको अग्रता बनाएको मानाङसँग सात खेलाडीमा सीमित हुन पुगेको क्यामरुन एभिनियरले दोस्रो हाफमा थप पाँच गोल खानुप¥यो ।

पहिलो हाफमा फाउल खेलेका क्यामरुनका जोर्डन जुनियर पहेँलो कार्ड पाएका थिए । त्यसको विरोधमा जोर्डन विपक्षी टोली र एमपायरसँग गरेको व्यवहारका कारण रातो कार्ड पाएर बहिरिनुप¥यो । त्यसको केही मिनेटपछि क्यामरुनकै गोलकिपर विल्सनले पनि रातो कार्ड पाएपछि सो क्लब सात जना खेलाडीमा सीमित हुन पुग्यो । खेलको ५४औँ मिनेटमा मनाङका प्रसन्न श्रेष्ठले गोल गरे । ५९औँ, ६७औँ र ७७औँ मिनेटमा सायीजमलले गोल गर्दै ह्याट्रिक गर्न सफल भए । ८१औँ मिनेटमा अनिल गुरुङले मनाङका लागि छौटौँ गोल गरे ।

आजको प्रतियोगिताको ‘म्यान अफ दि म्याच’ घोषित सायीजमल रु १० हजारबाट पुरस्कृत भए । मनाङ मस्र्याङ्दीले यही चैत १८ गते फाइनलमा प्रतिस्पर्धा गर्नेछ । मोफसलमा सर्वाधिक धनराशि पुरस्कारको यो प्रतियोगिताको विजेतालाई रु २१ लाख र उपविजेताले रु १० लाख पुरस्कारको व्यवस्था गरिएको छ । यस्तै उत्कृष्ट खेलाडीले रु एक लाख, उत्कृष्ट विधामा प्रत्येक खेलाडीलाई रु १५ हजारका दरले पुरस्कार प्रदान गरिने जनाइएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  १० : २४ बजे

गाउँपालिकाद्वारा पीडित किसानलाई राहत 

ढोरपाटन– अघिल्लो साता तमानखोला गाउँपालिकामा हावाहुरीका कारण सयौँ रोपनीमा लगाइएका

अर्थतन्त्रमा देखिएका चुनौती समाधान गरिन्छ : अर्थसचिव पुस्कर

काठमाडौँ– नवनियुक्त अर्थसचिव डा कृष्णहरी पुस्करले अहिले मुलुकको अर्थतन्त्रमा देखिएको

पर्यटन दिवसमा ‘गोल्डेन ट्रयाङ्गल बाइक टूर’ हुँदै

काठमाडौँ– अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा १०० जनाको ‘गोल्डेन ट्रयाङ्गल बाइक

सहेला फाँटका कागती टिप्न भ्याइनभ्याइ 

बलेवा– तीन वर्षअघि लगाइएका कागतीका बिरुवा फल दिन थालेका छन्

बैतडीबाट भरुवा बन्दुकसहित एक जना पक्राउ

बैतडी– दोगडाकेदार गाउँपालिका-१ रिम बस्ने ४५ वर्षीय विष्णु सिंह साउदलाई