चुक्तीखोलामा पुल निर्माण हुन थालेपछि स्थानीय हर्षित « Khabarhub

चुक्तीखोलामा पुल निर्माण हुन थालेपछि स्थानीय हर्षित


१६ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– मध्यपहाडी लोकमार्ग छेउमै छ नरठाँटी बजार । हिउँदको महिनामा यहाँ सहजरुपमा गाडी आवतजावत गरे पनि बर्खाको करिब चार महिना यातायात ठप्प हुन्छ । नरेठाँटी बजार छेउमै रहेको चुक्तीखोलामा वर्षा सुरु भएदेखि पानीको बहाव बढ्ने हुँदा यातायातका साधन वारपार गर्न सक्दैनन् । चार महिना यातायातका साधन ठप्प हुँदा स्थानीय मर्कामा पर्ने गरेका छन् । 

नरेठाँटीभन्दा केही माथि तोरीखोला घरबास छ । यातायात सञ्चालन नहुँदा घरबासमा पाहुनासमेत पुग्न सक्दैनन् । लामो समयदेखि बर्खामा समस्या भोग्दै आएका स्थानीय अहिलेको बर्खामा भने गाडी सञ्चालन हुन्छ भन्नेमा आशावादी छन् । चुक्तीखोलामा अहिले मोटरेबल पुल बन्न थालेपछि उनीहरूमा आशा पलाएको हो ।

 दुई वर्ष अगाडि चुक्तीखोलामा पुल बनाउने सम्झौता भए पनि निर्माण कम्पनीले काम गरेको थिएन । केही समय यता पुल निर्माणले गति लिएको छ । पुल निर्माण हुन थालेपछि स्थानीयसमेत हर्षित छन् । अहिले पुलको ढलानको काम हुन थालेको छ । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७७-७८ मा विनियोजन गरेको बजेटले यहाँ पुल निर्माण हुन थालेको हो । 

विसं २०७८ वैशाखमा पुल निर्माणका लागि सम्झौता भएको थियो । विसं २०८९ वैशाखमा पुल निर्माण सम्पन्न गर्ने भनिए पनि अहिलेसम्म सम्पन्न भएको छैन । निर्माण कम्पनीले समयमै पुल सम्पन्न नगरेपछि विसं २०८९ पुससम्म म्याद थप गरिएको थियो । पुसमा पनि पुल बनेन । निर्माण कम्पनीले असार मसान्तसम्म सक्नेगरी धमाधम काम गरिरहेको गलकोट नगरपालिकाका सबइञ्जिनियर चन्द्र पुनले जानकारी दिए ।

पुल निर्माणका लागि दुई करोड तीन लाखमा जुम्ली-विके जेभिले जिम्मा लिएको पुनको भनाइ छ । पुनका अनुसार अहिले पुलको ८५ प्रतिशत काम सकिएको छ । उनले भने , ‘सुरुमा निर्माण कम्पनीले विभिन्न समस्या देखाएर काम गरेन, अहिले तीव्र गतिमा काम भएको छ, यो पुल अघिल्लो वर्षमै सकिएर सञ्चालनमा आउनुपर्ने हो, तर काम नहुँदा अहिलेसम्म सञ्चालन हुन सकेको छैन, धेरै काम बाँकी छैन, अहिलेकै हिसाबले काम निरन्तर भयो भने अबका दुई-तीन महिनामा पुल सम्पन्न हुन्छ, यो बर्खामा सञ्चालन हुने देखिएको छ ।’

अहिलेसम्म पुल नबन्दा आफूहरूले उत्पादन गरेका तरकारीले बजार पाउन नसकेको स्थानीय कृषक हिराबहादुर पुनले बताए। उनले खास गरी गाउँमा कृषकले बर्खे तरकारी बढी उत्पादन गर्ने जनाउँदै खोलामा पुल नबन्दा डोकोमा बोकेर बजारसम्म पुर्‍याउनु परेको दुखेसो पोखे । पुल निर्माणपछि उत्पादनले बाह्रै महिना बजार पाउने पुनको भनाइ छ । सडक नजिक भए पनि बर्खामा धेरै समस्या भोग्नुपरेको पुनले बताए ।

‘हिउँदमा कुनै समस्या छैन, साना ठूला सबै गाडी खोला तर्छन्, बारीबाटै तरकारी बेच्न सकिन्छ, तर बर्खामा चुक्तीखोला उर्लेर आउँछ, खोला वारपार गर्न पनि निकै कठिन हुन्छ, वारपारका लागि बनाइएको झोलुङ्गे पुल पनि पुरानो भएको छ’, पुनले भने, ‘ज्यानलाई हत्केलामा राखेर पुल तर्नुपर्छ, न झोलुङ्गे पुल गतिलो छ, न मोटर गाडी तर्ने पुल, खोलामा पुल बनाउन थालेको पनि दुई-तीन वर्ष भयो, अहिले त सक्छन् कि जस्तो छ ।’

गलकोट–२ का अध्यक्ष हिमबहादुर भण्डारीले पुल समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई समयसमयमा आग्रह गरिरहेको बताए। उनले समयमै पुल नबन्दा बर्खामा स्थानीयलाई सामान ढुवानी गर्न निकै समस्या हुने गरेको बताए । सबैभन्दा बढी मर्कामा कृषिक परेको उनको भनाइ छ । 

अध्यक्ष भण्डारीले भने, ‘खोला नजिकै विद्यालय र वडा कार्यालय रहेको छ, सेवाग्राही सेवा लिन आउँदा पनि खोलाको डर भइरहेको छ, यो पुल बनेपछि यस क्षेत्रका हजारौँ नागरिकलाई सहज हुने थियो, बर्खाको समय गाउँमा कोही बिरामी परेर अस्पतालमा पुर्‍याउनुपरे झन् ठूलो समस्या पर्छ, यस वर्षदेखि पुल सञ्चालनमा आउँछ कि भन्ने अपेक्षा छ, अहिले पुलको काम धमाधम भइरहेको छ ।’

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  १२ : ४१ बजे

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज १७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १७ गते शनिबार सन् २०२६