मिटर ब्याज सम्बन्धी उजुरी दिन कैलाली प्रशासनको आग्रह « Khabarhub

मिटर ब्याज सम्बन्धी उजुरी दिन कैलाली प्रशासनको आग्रह


१६ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

धनगढी– जिल्ला प्रशासन कार्यालय कैलालीले मिटर ब्याज सम्बन्धी उजुरी दिन शुक्रबार आह्वान गरेको छ।

जिल्ला प्रशासन कार्यालयमा सहायता कक्ष स्थापना भइसकेको र यही वैशाख १७ गतेबाट उजुरी दिन सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। नेपाल सरकारले जाँचबुझ आयोग समेत गठन गरिसकेको अवस्थामा मिटर ब्याज पीडितहरूलाई निवेदन दिन आग्रह गरिएको प्रशासकीय अधिकृत शिवराज जोशीले बताए।

भएसम्मका सबुद प्रमाण संलग्न गरेर आवेदन दिन प्रशासन कार्यालयले आग्रह गरेको हो। जिल्ला प्रशासन कार्यालयमा स्थापना गरिएको सहायता कक्षबाट निवेदन फारम निःशुल्क रुपमा उपलब्ध गराइने समेत उल्लेख गरिएको छ। 

वैशाख १७ गतेदेखि १५ दिनभित्र पीडितहरूलाई निवेदन दिन आग्रह गरिएको छ।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  १२ : ५३ बजे

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ – भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

बाणगङ्गा नदीमा फसेका एक बालकको उद्धार, एक जना अझै बेपत्ता

कपिलवस्तु – बाणगङ्गा नदीमा गएको बाढीका कारण नदीको बीचमा रहेको