स्वाराथोकका किसान तरकारी खेतीबाट आत्मनिर्भर बन्दै  « Khabarhub

स्वाराथोकका किसान तरकारी खेतीबाट आत्मनिर्भर बन्दै 


१६ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

चौतारा– सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–११ मा पर्ने स्वाराथोकका किसान तरकारी खेतीबाट आत्मनिर्भर बन्न थालेका छन् । 

तेइस घरधुरी रहेको स्वाराथोक गाउँ टनेल गाउँका रुपमा परिचित भएको मात्र छैन सुक्खाग्रस्त क्षेत्रमा पनि तरकारी खेती सम्भव छ भनेर उदाहरण प्रस्तुत गर्न सफल भएको छ । परम्परागत खेती मकै, कोदोलगायत अन्न बालीबाट जीवन धान्न मुस्किल हुन थालेपछि तरकारी खेतीमा लागेको किसान राजु पुरी बताउँछन् । पुरीका अनुसार स्थानीय गैरसरकारी संस्था टुकी सङ्घ सुनकोसीले टनेल निर्माणका लागि आवश्यक सामग्री, बीउबिजन र प्राविधिक सहयोगसमेत उपलब्ध गराएपछि अहिले स्वाराथोकमा एक घर एक टनेल निर्माण गरिएको छ ।

किसानको मागका आधारमा नै जापानी संस्था जाइकाको सहयोगमा आफूहरूले किसानसँग समन्वय र सहजीकरण गर्दै तरकारी खेतीका लागि वातावरण सिर्जना गरेको टुकी सङ्घ सुनकोसीका प्रमुख ज्ञानेन्द्र पौडेलले बताए । 

यो बस्ती पनि सुक्खाग्रस्त क्षेत्र हो । सुक्खाग्रस्त क्षेत्र भए पनि यहाँका किसान यतिखेर टनेल निर्माण गर्दै गोलभेँडा खेती गर्न व्यस्त छन् । गाउँस्तरीय खानेपानी उपभोक्ता समितिले जडान गरिदिएको धाराबाट १५ मिनेटजति पानी आउँछ । त्यही पानीलाई जोहो गर्दै गोलभेँडा खेती गर्दै आएको स्थानीय देवकी गिरी बताउँछिन्। 

सिँचाइका लागि स्थानीय तहले प्रबन्ध मिलाइदिए तरकारी खेतीबाट आफ्नो जीवन नै फेरिने किसान अस्मिता लामाले बताइन्। ‘अहिलेलाई त एउटा टनेलमा मात्र गोलभेँडा लगाएछौँ सिँचाइको राम्रो प्रबन्ध हुने हो भने हामी तरकारी खेतीलाई नै प्राथमिकतामा राखेर अगाडि बढ्नै छौँ’, किसान लामाले भनिन् ।

 सुक्खाग्रस्त क्षेत्र घोषणासमेत भएको सिन्धुपाल्चोकको साँगाचोक क्षेत्रका अधिकांश बस्तीमा यतिखेर टनेल देख्न सकिन्छ । टनेलभित्र खासगरी गोलभेँडाका बोट लोभ लाग्दा भएर लहलहाउँदा छन् । किरा नियन्त्रणको व्यवस्था गरिएको छ भने थोपा सिँचाइले गोलभेँडाको बोटलाई बढ्न र हुर्कन मद्दत पुर्‍याइरहेको छ ।

पहिलोपटक तरकारी खेती गर्दै गरेका यहाँका किसान खेतीबाट आशावादी भएका छन् । जंगली जनावरले आफ्ना मेहनतमाथि नोक्सान पुर्‍याउने हो कि भन्ने चिन्ता पनि बढ्न थालेको यहाँका किसान बताउँछन् ।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  १ : ३४ बजे

प्याङ्क्रियाजको सास्ती : न उठी सुख, न बसी सुख

गत मंसिरमा विवाह गरेर घरमा भित्र्याउन नपाउँदै एउटी युवतीको मृत्यु

मनोनित हुने अवसर एकजनालाई एक पटक मात्र दिनुपर्छ : नेता अधिकारी

काठमाडौं – नेकपा एमालेका नेता काशीनथ अधिकारीले समानुपातिकतर्फ एकपटक सांसद

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

झापा – चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको

राजनीतिमा नयाँ र पुराना हैन, एजेण्डाको अर्थ हुन्छ : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र

काठमाडौंका यी स्थानमा काटिदैछ शनिबार बिजुली

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली