स्वाराथोकका किसान तरकारी खेतीबाट आत्मनिर्भर बन्दै  « Khabarhub

स्वाराथोकका किसान तरकारी खेतीबाट आत्मनिर्भर बन्दै 


१६ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

चौतारा– सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–११ मा पर्ने स्वाराथोकका किसान तरकारी खेतीबाट आत्मनिर्भर बन्न थालेका छन् । 

तेइस घरधुरी रहेको स्वाराथोक गाउँ टनेल गाउँका रुपमा परिचित भएको मात्र छैन सुक्खाग्रस्त क्षेत्रमा पनि तरकारी खेती सम्भव छ भनेर उदाहरण प्रस्तुत गर्न सफल भएको छ । परम्परागत खेती मकै, कोदोलगायत अन्न बालीबाट जीवन धान्न मुस्किल हुन थालेपछि तरकारी खेतीमा लागेको किसान राजु पुरी बताउँछन् । पुरीका अनुसार स्थानीय गैरसरकारी संस्था टुकी सङ्घ सुनकोसीले टनेल निर्माणका लागि आवश्यक सामग्री, बीउबिजन र प्राविधिक सहयोगसमेत उपलब्ध गराएपछि अहिले स्वाराथोकमा एक घर एक टनेल निर्माण गरिएको छ ।

किसानको मागका आधारमा नै जापानी संस्था जाइकाको सहयोगमा आफूहरूले किसानसँग समन्वय र सहजीकरण गर्दै तरकारी खेतीका लागि वातावरण सिर्जना गरेको टुकी सङ्घ सुनकोसीका प्रमुख ज्ञानेन्द्र पौडेलले बताए । 

यो बस्ती पनि सुक्खाग्रस्त क्षेत्र हो । सुक्खाग्रस्त क्षेत्र भए पनि यहाँका किसान यतिखेर टनेल निर्माण गर्दै गोलभेँडा खेती गर्न व्यस्त छन् । गाउँस्तरीय खानेपानी उपभोक्ता समितिले जडान गरिदिएको धाराबाट १५ मिनेटजति पानी आउँछ । त्यही पानीलाई जोहो गर्दै गोलभेँडा खेती गर्दै आएको स्थानीय देवकी गिरी बताउँछिन्। 

सिँचाइका लागि स्थानीय तहले प्रबन्ध मिलाइदिए तरकारी खेतीबाट आफ्नो जीवन नै फेरिने किसान अस्मिता लामाले बताइन्। ‘अहिलेलाई त एउटा टनेलमा मात्र गोलभेँडा लगाएछौँ सिँचाइको राम्रो प्रबन्ध हुने हो भने हामी तरकारी खेतीलाई नै प्राथमिकतामा राखेर अगाडि बढ्नै छौँ’, किसान लामाले भनिन् ।

 सुक्खाग्रस्त क्षेत्र घोषणासमेत भएको सिन्धुपाल्चोकको साँगाचोक क्षेत्रका अधिकांश बस्तीमा यतिखेर टनेल देख्न सकिन्छ । टनेलभित्र खासगरी गोलभेँडाका बोट लोभ लाग्दा भएर लहलहाउँदा छन् । किरा नियन्त्रणको व्यवस्था गरिएको छ भने थोपा सिँचाइले गोलभेँडाको बोटलाई बढ्न र हुर्कन मद्दत पुर्‍याइरहेको छ ।

पहिलोपटक तरकारी खेती गर्दै गरेका यहाँका किसान खेतीबाट आशावादी भएका छन् । जंगली जनावरले आफ्ना मेहनतमाथि नोक्सान पुर्‍याउने हो कि भन्ने चिन्ता पनि बढ्न थालेको यहाँका किसान बताउँछन् ।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  १ : ३४ बजे

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज १७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १७ गते शनिबार सन् २०२६